धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

हिरासतमा आत्महत्याबारे प्रहरीद्वारा छानविन समिति गठन

धनगढी

 प्रहरीले हिरासतमा लगेपछि मृत्यु भएका फूलवारी १४ सी गाउँका अमर बहादुर चन्दको हत्या गरिएकोे भन्दै आफनतले स्थानीय प्रहरी चौकी घेराउ गरेका छन् ।

 प्रहरीले शौचालयमा जाँदा युवकले आफै धारिलो हतियार प्रयोगगरी आफ्नै हत्या गरेको दावी गरेपनि आफन्तले भने प्रहरीले वुवकको हत्या गरेको भन्दै छानविनको माग सहित धनगढी१९ स्थित फूलवारी २५ घरमा रहेको प्रहरी चौकी घेराउ गर्दै आन्दोलन गरेका हुन् ।

 प्रहरी चौकीमा आन्दोनकारीको भिड बढेपछि जिल्ला प्रहरी कार्याले थप प्रहरी पठाई सो स्थानमा सुरक्षा दिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले स्थानीय आक्रोसित हुँदै प्रंहरी चौकी घेराउ गर्नपुगेपछि कुनै घटना नहोस् भन्न थप प्रहरी परिचालन गरिएको बताए ।

 घटनाका बारेमा छानविन गर्न प्रदेश प्रहरी गणका प्रहरी उपरिक्षक राजीव बस्नेतको नेतृत्वमा ४ सदस्यिय छानविन समिति निर्माण गरिएको उनले बताए । स्थानीयको माग पछि घटनाको छानविन गर्न प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजिव बस्नेत ज्यूको नेतृत्वमा ४ सदस्यी छानविन समिति गठन गरिएको छ, छानविन समितिका सदस्य समेत रहेका विष्टले भने–‘हामी अनुसन्धान गर्दैछौं, एक÷दुई दिनमा सवै बाहिर आइहाल्छ ।

 मदिरा सेवन गरेर लठ्ठीएका अमरबहादुर चन्दले हो हल्ला गरेपछि स्थानीयले फोनमार्फत गरेको उजुरीका आधारमा प्रहरीले मंगलबार राती पक्राउ गरी हिरासतमा लगेको थियो । तर दोश्रोदिन उनलाई अस्पतालमा पुर्याएर मृत्युभएपछि मात्रै प्रहरीले सो घटनाका बारेमा आफन्तलाई जानकारी दिएका थिए ।