धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

प्राकृतिक प्रकोपमा क्षति ब्यहोरेका नागरिकलाई राहत दिन माग

प्राकृतिक प्रकोपमा क्षति ब्यहोरेका नागरिकलाई राहत दिन माग

धनगढी

सुदूरपश्चिम प्रदेश सभामा लगातार दोस्रो दिन पनि प्रदेश सभाका सदस्यहरुले प्राकृति प्रकोपको ब्यवस्थापनका ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्

बिहीबारको प्रदेश सभा बैठकमा शुन्य समयमा बोल्दै नेकपाका प्रदेश सभा सदस्य मान बहादुर धामीले प्राकृतिक प्रकोपमा परी क्षति ब्यहोरेका प्रदेशका नागरिकहरुलाई राहत उपलब्ध गराउन माग गरे उनले दार्चुला जिल्लाको गोकुलेशवरखार प्रदेश गौरबको सडक पहिरोका कारण एक महिनादेखि अबरुद्ध रहेकोले सडक खुलाउन माग गरे पहिरो पन्छाई स्थानीयहरुका लागि यातायात चल्न सक्ने गरी ब्यवस्था तत्काल गर्न सरकार सम्बन्धित मन्त्राललयको ध्यानाकर्षण गराउन चाहन्छु’–उनले भने

प्रदेश सभा सदस्य धामीले प्रदेशमा कोभिड १९ संगै प्राकृति बिपदले समेत समस्या निम्त्याएकोले प्रदेश सरकारले प्रभावकारी रुपमा प्राकृतिक प्रकोपपछिको ब्यवस्थापन कार्यमा ध्यान दिनुपर्ने बताए

नेकपाकै प्रदेश सभा सदस्य महेश दत्त जोशीले लगातारको बर्षाले कञ्चनपुर जिल्लामा नदीले खेतीयोग्य जमिन कटान गरिरहेकोले तटबन्धको ब्यवस्था गरी खेतीयोग्य जमिन बचाउन माग गरे उनले दोदा, चौधर डौण्डा नदीले कञ्चनपुरमा जमिन कटान गरिरहेको जानकारी दिए

नेकपाकै प्रदेश सभास सदस्य मना कुमारी साउँदले बाढी पहिरोले पारेको क्षतिको बिबरण संकलन गरी पिडीतहरुलाई तत्काल राहत उपलब्ध गराउन सरकारसंग माग गरिन उनले अछामको रामारोशन गाउापालिका वडा नम्बर सान्तडाको कालापानीमा आगलागीमा परि घाइते भएका तीन जनाको निशुल्क उपचारको ब्यवस्था गर्न माग गरिन्

जनता समाजबादी पार्टीका प्रदेश सभा सदस्य मालामति राना थारुले प्राकृतिक प्रकोपमा परी घाइते भएकाहरुके उपचारको ब्यवस्था गर्न माग गरिन् उनले खेतीको समयमा मलको अभाव रहेकोले किसानहरुलाई राहत दिन प्रदेश सरकारले मलको आपुर्ति गर्नुपर्ने बताइन् उनले प्रदेश सरकारले किसानका समस्या समाधान गर्न नसकेको आरोप लगाइन्

नेकपाका प्रदेश सभास सदस्य शान्ति नेपालीले तराईमा बाढी डुबान पहाडी जिल्लामा पहिराले जनधनको क्षति भएकेले सरकारले पीडितहरुलाई राहत दिनुपर्ने बताइन् उनले चालू बर्षको डुबान बाढी तथा पहाडमा गएको पहिरोको अध्ययन गरेर आयँदो बर्षमा यसबाट हुने क्षति कम गर्न प्रभावकारी रुपमा काम गर्ने गरी योजना बनाउन आवश्यक रहेको बताइन् उनले भनिन्–‘यदि यसो नगरिने हो भने हाम्रो कृषियोग्य भूमि बाँकी नरहने खतरा रहेको

प्रदेश सभा सदस्य नेपालीले कोरोना भाइरसको महामारीका कारण भारतबाट रोजगारी गुमाएर घर फर्केका नागरिकहरुलाई युवा स्वरोजगार कोषबाट ऋण उपलब्ध गराई स्वरोजगारी तर्फ लाग्न पे्ररित गर्ने गरी सरकारले काम तत्काल शुरु गर्नुपर्ने बताइन्

नेकपाकै प्रदेश सभा सदस्य सुशिला बुढाथोकीले बाढीले क्षति भई यातायात सञ्चालन गर्न समस्या भइरहेको हुलाकी सडक तत्काल मर्मत गर्न माग गरिन्