बैतडीमा निको भएर घर गएका दुईजनामा पुनः कोरोना

धनगढी

 बैतडीमा कोरोना संक्रमण मुक्त भएर घर गएका दुई जनामा पुनः संक्रमण पुष्टी भएको छ ।

 एक पटक कोराना लागेर १४ दिन क्वारेन्टिनमा बसेपछि कुनै लक्षण नदेखिएको भन्दै स्वास्थयकर्मीले घरपठाइएका सुर्नया गाउँपालिका७ का दुई पुरुषमा पुनः कारोना संक्रमण पुष्टी भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । कोरोना पुष्टि भएका तर कुनै लक्षण नदेखिएका दुवै जनालाई १४ दिने क्वारेन्टाइन राखेर घर फर्काइएकोमा फेरी स्वाब संकलन गर्दा  कपोजेटिभ रिपोर्ट देखिएको उनले बताए । घर गएर कोरोना संक्रमण पुष्टी भएपछि उनिहरुको सम्पर्कमा आएकाहरुको खोजीकार्य गरी क्वारेन्टिनमा राख्ने तयारी भइरहेको गाउँपालिका स्वास्थ्यशाखा प्रमखु महराले बताए ।

 बैतडीमा हालसम्म कोरोना संक्रमण पुष्टीभएका २ सय २३ संक्रमित मध्य ६ जना मात्रै क्वारेन्टिनमा रहेका छन् । बाँकी दुई सय १७ जना भने संक्रमण मुक्त भएर घर गएका स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवन जोशीले बताए ।