धनगढी पोष्ट सोमबार, ०४ फागुन २०८२   February 16, 2026

चुरेका सब इन्जिनियर भट्टबिरुद्ध अख्तियारद्धारा मुद्धा दायर

 

कैलाली

 अख्तियार दुरुपयोग अनुुन्धान आयोगले  चुरे गाउपालिकाका सब इन्जिनियर चन्द्रदेव भट्ट विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

   सब इन्जिनियर भट्टले घुस रिसवत माग गरि लिएको प्रमाणित भएकाले सजायको मागसहित विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको हो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को देहाय ९क  बमोजिम अख्तियारले मुद्धा दायर गरेको हो ।

   सायल कृषि सडक निर्माण गरि भुक्तानी लिइसकेपछि सडकको इष्टमेट इस्टिमेट नापजाँच तथा मल्याङ्कन गरिदिए बापत सेवाग्राहीसँग २० हजार घुस लिएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले पक्राउ गरेको थियो ।