धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

६ दिन सम्म पनि बनेन चैनपुर जोड्ने सडक

६ दिन सम्म पनि बनेन चैनपुर जोड्ने सडक

धनगढी

 सेती नदीले राजमार्ग बगाएपछि बझाङ सदरमुकाम चैनपुर जोड्ने यातायात अबरुद्ध भएको दिन सम्म पनि सडक बन्न सेकेको छैन

 बझाङको छबिस पाथिभेरा गाउँपालिका मटेलामा साउन २५ गते राती सेती नदीले सडक बगाएपछि चैनपुर सम्मको यातायात विच्छेद भएको थियो सेतीले बगाएको २५ मिटर सडक हाल सम्म पनि मर्मत नहुँदा चैनपुरमा दैनिक उपभोग्य सामाग्री अभाव हुनुका साथै महंगी बढेको स्थानीय लोकेस बोहराले बताए दिन सम्म सडक नबन्दा दैनिक उपभोग्य सामाग्री अभाव हुनकासाथै महंगी बढेको उनले भने–‘चैनपुरका लागि आएको सामाग्री भाडेबगरमै थन्किएको

 यातायात सुचारु नहुँदा जिल्ला अस्पतालबाट रेफर गरेर धनगढी जानुपर्ने विरामीलाई समस्या भएको स्थानीय पत्रकार डिबि विष्टे बताए सडक नदीले बगाएपछि याताय बन्द उनले भने–‘जिल्ला अस्पतालले रेफर गरेर धनगढी लगायत अन्य स्थान पठाएका बिरामीलाई निक्कै समस्या भएको बझाङका प्रमुख जिल्ला अधिकारी कमल भण्डारीले–‘सडक डिभिजन कार्यालयबाट सडक मर्मतमा ढिलाई हुँदा समस्या भएको बताए

हामीले सडक बगेकी दिन सडक डिभिजन कार्यालय बैतडीलाई जानकारी गराएका हौं भण्डारीले भने–‘तर सडकबाट जनशक्ति अभाव भएको भन्दै सडक मर्मतमा केही ढिलाई भएको उनले शनिबार देखी भने सडक मर्मतको काम सुचारु भएको बताए