धनगढी पोष्ट शुक्रबार, ०५ बैशाख २०८२   April 18, 2025

जोर विजोरमा प्रणालीको पालना नगर्ने चालकलाई कारवाही गरिंदै

जोर विजोरमा प्रणालीको पालना नगर्ने चालकलाई कारवाही गरिंदै

धनगढी

 कोरोना संक्रमण फैलिन नदिन जोर बिजोर प्रणालीमा यातायात सञ्चालन गर्ने सरकारी निर्णयलाई कडाई गर्दै प्रहरीले कैलालीमा सवारी चेकजाँचलाई कडाई गरेको

 संघिय सरकारले जोर बिजोरमा यातायात सञ्चालन गर्ने गरी योजना निर्माण गरेको साता पछि कैलालीमा सो निर्णयको कडाईका साथ पालना गराउन प्रहरीले ठाउँठाउँमा चेकजाँच थालेको हो जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार देखी जोर बिजोर प्रणालीलाई कडाईका साथ पालना गराउन ठाउँठाउमा सवारी चेकजाँचमा कडाई गरिन थालिएको

 जिल्लामा संक्रमण दर बढ्न थालेपछि जोरबिजोर प्रणालीमा यातायात सञ्चालन गर्न एक साता देखी विभिन्न माध्यामबाट चालकलाई सूचना दिंदै आएका थियौं जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले भने–‘आज देखी हामीले नियम पालना नगर्ने चालकलाई कारवाही गर्नथालेका हौं उनले अत्यावस्यक कामका लागि चलाइएको सवारीलाई भने जोरिबिजो प्रणाली लागु नहुने उनले बताए