धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदूरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण

धनगढी

 सुदूरपश्चिम प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा कैलालीका ३ र कञ्चनपुरका १ गरी ४ ताथ डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

 पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा पाँच सय २७ र डडेलधुरा अस्पतालमा २ सय ५२ स्वाव परिक्षण गरिएकोमा ५ जनामा संक्रमण पुष्टी भएको हो ।

 सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार सेती प्रयोगशालाबाट गरिएको स्वाव परिक्षण मध्य धनगढी उपमहानगरपालिका४ का २६ बर्षे पुरुष र वडा नम्वर १९ का २२ बर्षे पुरुष, गोदावरी नगरपालिका१२ का ४० बर्षे पुरुष तथा कञ्चनपुरको कृष्णपुर नगरपालिका२ का ५२ बर्षे पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।

 यसैगरी सोमबार नै डडेल्धुरा अस्पतालमा गरिएको स्वाव परिक्षणमा अमरगढी नगरपालिका५ की ८ बर्षिया बालिकामा कोरोना संक्रमण पुष्टी भएको अस्पतालका इन्चार्ज ईश्वरी प्रसाद भूषालले जानकारी दिएका छन् ।