धनगढी पोष्ट
सोमबार, ०१ भदौ २०७७ मा प्रकाशित
धनगढी
ह्युमपाइप राख्न खेनेको खाल्डोमा परेर बैतडीमा दुई बालकको मृत्यू भएको छ ।
द्यशरथ चन्द नगरपालिका– २ देहीमाण्डौं–गिरेगडा सडकखण्डमा पर्ने सुन्दरखालीमा होम पाइप राख्नका लागि बनाइएको खाल्डोमा १४ बर्षे अंकित लाबड र ११ बर्षे सन्दीप लावडको मृत्यु भएको प्रहरीले जनाएको छ । खाल्डोमा वर्षातको पानी जम्मा भएको र खेल्ने क्रममा सोमबार दिउँसो साढे चार बजे तिर खाल्डोमा डुबेर दुवै जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
खेल्नका लागि सडकमा जम्मा भएका ५/६ जना मध्ये एकजना पहिला खाल्डोमा गएको र उसलाई निकाल्न अर्कोले पनि हाम फाल्दा दुवै जना खाल्डोमा डुबेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।