धनगढी पोष्ट
मङ्गलबार, ०२ भदौ २०७७ मा प्रकाशित
धनगढी
डोटीको शिखर नगरपालिकामा एकै दिन ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै शिखर नगरपालिकामा कोरोना संक्रमितको संख्या २ शय ३७ पुगेको छ ।
डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा शिखर नगरपालिकाका ४५ जना र दिपायल सिलगढी नगरपालिकाका १ जनामा कोरोना संक्रमण भेटिएको हो ।
जिल्लाको शिखर नगरपालिका वडा नम्वर १० का १६ जना, वडा नम्वर ९ का १४, वडा नम्वर ७ का १३ र वडा नम्वर १ का २ तथा दिपायल सिलगढी नगरपालिका वडा नम्वर ८ का १ जनामा संक्रमण पुष्टि भएको उनले बताए । यसअघि शिखर नगरपालिकामा कोरोना संक्रमण देखापरेका सबै निको भएर घर गइसकेका छन् ।
अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भुषालका अनुसार शिखर नगरपालिका वडा नम्वर १० का १६ जना, वडा नम्वर ९ का १४, वडा नम्वर ७ का १३ र वडा नम्वर १ का २ तथा दिपायल सिलगढी नगरपालिका वडा नम्वर ८ का १ जनामा संक्रमण पुष्टि भएको हो ।
शिखर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिश्चन्द्र शाहका अनुसार संक्रमित सबै भारतबाट आएकाहरु हुन् । वडाहरुका क्वारेन्टिनमा रहेका ४ शय ८ जना मध्य कोरोना परिक्षणका लागि पठाइएका १ शय ९० जना मध्य उनीहरुमा संक्रमण देखा परेको हो ।
संक्रमित सबैलाई आइसोलेसनमा राखेर उपचार अघि बढाइने शाहले बताए ।