धनगढी पोष्ट
मङ्गलबार, ०२ भदौ २०७७ मा प्रकाशित
काठमाडौँ
कोरोना संक्रमण बढ्दै गएपछि काठमाण्डौका तिन जिल्लामा बुधबार रातिदेखि निषेधाज्ञाा लागु गरिने भएको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बैठकले बुधबार राति १२ बजेबाट लागु हुने गरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
बैठकपछि महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले उपत्यकामा लकडाउनको निर्णय गरिएको बताए ।
लकडाउनको समयमा अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैनन् । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षा जस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन । सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ ।
राजधानीमा मंगलबार मात्रै २ सय ५ जनामा र सोमबार १ शय ७२ जनामा कोरोना संक्रमण देखिएको थियो ।