धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

अछाम पहिरो अपडेटः उद्धारका लागि अछाम पुगेको हेलिकप्टर फिर्ता

अछाम पहिरो अपडेटः उद्धारका लागि अछाम पुगेको हेलिकप्टर फिर्ता

धनगढी

 मंगलबार राती आएको अबिरल बर्षा पछि अछामको रामारोशन गाउँपालिका कैलाश खोलाले बगाएर घाइते भएकाहरुको उद्धार गर्न घटनास्थल पुगेको हेलिकप्टर रित्तै फर्केको

 बाढीमा परी घाइते भएका  हरुलाई थप उपचार गर्नुपर्ने अवस्था आए काठमाण्टडौं पठाउन सहज होस भनी हेलिकप्टर माग गरिएको भएपनि घाइते सवैको अवस्था सामान्य रहेका कारण कसैलाई पनि काठमाण्डौं नपठाइएको अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताए

पहिरोमा परि जना सघाइते भएपछि थप उपचारका लागि काठमाण्डौं पठाउन हेलिकमोप्टर माग गरिएको हो प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने–‘तर सवैको अवस्था सामान्य भएको घाइते सवैले थप उपचार आवश्यक नपर्ने बताएपछि हेलिकोप्टर रित्तै पठाइएको हो मंगलबार राती आएको अबिरल बर्षापछि स्थानीय कैलास खोलामा आएको बाढीले १७ घर बगाउँदा हराएका परिवारका १७ जना मध्य जनाको शव भेटिएको , भने ११ जना अझै वेपत्ता रहेका उनिहरुको खोजिकार्य भइरहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए

 पहिरोमा परेर वेपत्ता भएकाहरुको खोजिकार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेनालाई परिचालन गरिएको उनले बताए