धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

आजदेखि कैलाली,  कन्चनपुर र दशरथ चन्द नगरपालिकामा पुर्ण निषेधाज्ञा, डडेल्धुरामा आंशिक निषेधाज्ञा

धनगढी

  कोरोना संक्रमित बढ्दै गइरहेको सुदुरपश्चिमका कैलाली कनचनपुर जिल्ला, बैतडीको दशरथ चन्द नगरपालिकामा आजदेखि पुर्ण निषेधाज्ञा गरिएको भने डडेल्धुरामा आंशिक निषेधाज्ञा गरिएको

   कैलाली कन्चनपुर जिल्लामा भदौ १४ गतेराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको सो अवधिमा दुवै जिल्लामा अत्यावश्यक सेवाका बाहेक सबै काम  निषेध गरिएको

   डडेल्धुरा जिल्लामा भने आंशिक निषेधाज्ञा मात्र जारी भएको कोभिड१९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले मोटरसाइकलहरूमा जोरबिजोर प्रणाली लागु गरेको औषधि, खाद्यान्न, तरकारी, दुध, फलफूल, माछा, मासु लगायत अत्यावश्यक बस्तुहरुका किन्न मात्रै सवारी साधन प्रयोग गर्न पाइने

   त्यस्तै बैतडीको दशरथचन्द नगरपालिकाले भदौ १५ गतेसम्मका लागि निषेधाज्ञाका बेला अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द हुने नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले बताए

औषधि पसल, एम्बुलेन्स अत्यावश्यक सवारी साधन मात्रै सञ्चालन गर्न दिइनेछ यस्तै नगर क्षेत्रभित्रका बैंकहरुलाई आइतबार, मंगलबार बिहीबार हप्ताको तीनदिन मात्रै खुल्ला राखिनेछ