धनगढी पोष्ट
शनिबार, ०६ भदौ २०७७ मा प्रकाशित
काठमाडौँ
नेपालमा पछिल्लो २४ घण्टामा थप नौ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुष सहित दुई जना, पर्सामा ६१, ५८ र ४८ वर्षीय पुरुष गरी तीन जना, बारामा ५८ वर्षीय पुरुष, सिरहामा ६८ वर्षीय पुरुष, मकवानपुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
मृतक नौ जना थपिए सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ४६ पुगेका छ ।