धनगढी पोष्ट
आइतबार, ०७ भदौ २०७७ मा प्रकाशित
धनगढी
सुदूरपश्चिमको विकट जिल्ला बाजुरामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय तहपनि आइसोलेसनको जोहो गर्न थालेका छन् ।
आइतबार मात्रै बुढीगंगा नगरपालिकाले २० बेडको आइसोलेसन कक्ष निर्माण गरी सञ्चालनमा ल्याएको छ । नगरपालिकाले टाँटे स्वास्थ्य चौकिमा २० बेडको आइसोलेसन निर्माण गरेको स्वास्थ्य संयोजक दिपक शाहले बताए ।
उनका अनुसार आइसोलेसन वेड निर्माणका लागि संघीय सरकार र प्रदेश सरकारले कोरोना संक्रमण तथा रोगीको उपचारका लागि हरेक स्थानीय तहमा आयसोलेसन कक्ष स्थापना गर्ने नीति अनुसार बुढी गंगाले पनि २० बेडको आइसोलेसन कक्ष स्थापना गरेको हो ।
अब कोरोना संक्रमणको लक्षण देखा परेका बिरामीलाई उक्त आइसोलेसनमा राखेर उपचार गरिने संयोजक शाहले बताए ।