धनगढी पोष्ट
सोमबार, ०८ भदौ २०७७ मा प्रकाशित
धनगढी
कोरोना संक्रमण फैलन नदिज स्थानीय प्रशासनले जारी गरेको निशेधाज्ञाको आज चौथो दीन पुरा भएको छ ।
निशेधाज्ञाका कारण बजार सुनसन बनेको छ भने, सवैसाधारणको आवत जावतपनि शुन्य छ । ठाउँठाउँका नेपाल प्रहरी र सशस्त्र प्रहरीले कडा सुरक्षा दिएर निशेधाज्ञामा हिडडुल गर्ने सर्वसाधारण र सवारी लाई नियन्त्रणमा लिने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार राती सम्म विनाकाम सडकमा हिड्ने साढे ६ सय बढी नागरिकलाई सम्झाई बुझाई गरी घर पठाइएको छ ।
यसै गरी डेढ सय बढी सवारी साधन नियन्त्रणमा लगेर कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरीनायव उपरिक्षक प्रतिक विष्टले बताए ।
‘अतिआवश्यक काममा हिडेका पैदल यात्रु तथा सर्वसाधारणलाई नियमित काममा जान दिएका छौं, प्रहरी नायव उपरिक्षक विष्टले भने–‘विना काममा हिडेकालाई नियम अनुासर जरिवाना गर्नु गरेका छौं ।’