धनगढी पोष्ट
मङ्गलबार, ०९ भदौ २०७७ मा प्रकाशित
धनगढी
भदौ ८ गते धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ का एकै परिवारका पाँच जनामा कोरोना संक्रमणको पुष्टि भयो । त्यस परिवारका कुनै पनि सदयका ट्राभल हिस्ट्र (देश बाहिर गएको ) छैन ।
त्यसै दिन धनगढी उपमहानगपालिकाकै वडा नम्बर ४ का एकै परिवारका चार जनामा पनि कोरोना संक्रमको पुष्टि भयो । त्यस मध्य एक जना शिक्षिका हुन् । त्यस परिवारका कुनै सदस्यको पनि ट्राभल हिस्ट्र (देश बाहिर गएको ) छैन ।
भदौ ८ गते धनगढी उपमहानगरपालिकाका १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । त्यसमध्य वडा नम्बर १ का एक जनामा मात्र भारतको बैंग्लोरबाट आएका हुन् । बाँकी १२ जनाको ट्राभल हिस्ट्री छैन ।
त्यसो भए धनगढी उपमहानगरपालिकामा कोरोनाको जोखिम समुदायस्तरमा गइसकेको हो त ?
उपमहानगरपालिकाकै स्वास्थ्य निरीक्षक लक्ष्मी रुाज उपाध्याय कोरोनाको जोखिम समुदायमा प्रवेश गरिसकेको स्वीकार्छन् । ‘हो, कोरोना समुदायस्तरमा गइसेकेको छ ।’ उपाध्याय भन्छन् – ‘पछिल्ला केही दिनमा आएका कोरोना संक्रमितहरुको संख्या र उनीहरुको बसाई हेर्दा कोरोना समुदायमस्तरमा गइसकेको देखिन्छ ।’
हुन पनि पछिल्लो चार दिनमा देखिएका कोरोना परिक्षणको नतिजामा हरेक दिन संक्रमित देखिनेमा देश बाहिर ट्राभल हिस्ट्री नभएका पनि छन् । गत सोमबार (भदौ ७ गतै ) सुदुरपश्चिमका मुख्यमन्त्रीको कार्यालयका ड्राइभर र सेती प्रादेशिक अस्पतालका जना स्वीपरमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको पनि ट्राभल हिस्ट्री छैन ।
त्यसको अघिल्लो दिन (भदौ ७ मा) धनगढी एलएनचौक स्थित सिद्धार्थ शिशु सदनका संचालक एवम लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी २ को द्धितीय भाइस डिस्ट्रिक्ट गभर्नर सी बि चन्द र धनगढी वडा नम्बर ५ स्थित एक निजी बिद्यालयकी शिक्षिकामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती दुवै जनाको पनि ट्राभल हिस्ट्र छैन ।
पछिल्लो समय हरेक दिन जसो ट्राभल हिस्ट्री नभएकाहरुमा देखिरहेको कोरोना संक्रमणले पनि कोरोना समुदायस्तरमा गएको पुष्टि गर्दछ ।
धनगढी उपमहानगरपालिकाका अनुसार हालसम्म धनगढी उपमहानगरपालिकामा कोरोना संक्रमण देखा परेका मध्य १८ प्रतिशत ट्राभल हिस्ट्री नभएका व्यक्तिहरु रहेका छन् । हालसम्म उपमहानगपालिकामा १ शय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जसमध्य ३६ जना ट्राभल हिस्ट्री नभएका संक्रमितहरु रहेका छन् ।
स्वास्थ्य निरीक्षक उपाध्याय कोरोना समुदायस्तरमा गइसकेकोले कोरोनाको नियन्त्रणका लागि अझै मेहनत गर्नु पर्ने बताउँछन् । ‘अब राज्यले मात्र गरेर पुग्दैन ।’ उपाध्याय भन्छन– ‘समुदायको पनि कोरोना लाग्न नदिन त्यत्तिकै प्रभाावकारी भुमिका चाहिन्छ ।’