धनगढी पोष्ट
मङ्गलबार, ०९ भदौ २०७७ मा प्रकाशित
धनगढी
डडेल्धुरा अस्पतालमा गरिएको कोरोना परिक्षणमा सुदुरपश्चिमका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा कैलालीका १५ जना, डडेल्धुराका २ जना, अछामका १७ जना, कन्चनपुरका ८ जना र बझाङका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको डडेल्धुरा अस्पतालले जनाएको छ ।
परिक्षणमा डडेल्धुराको अमरगढी नगरपालिकाका २ जना, अछामको बान्नीगढी जयगढ गाउँपालिकाका १७ जना, कन्चनपुरको शुक्लाफाटा नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
त्यस्तै बझाङको छब्बीस पाथीभरा गाउपालिकाका ६ जना र दुर्गाथली गाउपालिकाका २ जना, कैलालीको बर्दगोरिया गाउपालिकाका ४ जना, घोडाघोडी नगरपालिकाका ७ जना र जानकी गाउपालिकाका ४ जनामा कोरोना पुष्टि भएको छ