धनगढी पोष्ट
मङ्गलबार, ०९ भदौ २०७७ मा प्रकाशित
धनगढी
धनगढी उपममहागरपालिकामा ट्राभल हिस्ट्री नभएका थप पाच जनामा कोरोना संक्रमण पुष्टि भएको । यससँगै धनगढीमा ट्राभल हिस्ट्री नभएका कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीमा सोमबार गरिएको परिक्षणमा सेती अस्पतालकै चार जना कर्मचारमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यससँगै धनगढी वडा नम्बर ५ का मार्केटिङको काम गर्ने एक जनामा समेत कोरोना पुष्टि भएको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक लक्ष्मी राज उपाध्यायले जानकारी दिए ।
सोमबार (भदौ ८ गते ) धनगढीमा ट्राभल हिस्ट्री नभएका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमध्य वडा नम्बर ३ का एकै परिवारका ५ जना र वडा नम्बर ४ का एकै परिवारका ४ जना समेत रहेका छन् ।
मंगलबार धनगढीमा वडा नम्बर १ का चार जना, वडा नम्बर २ का १ जना र वडा नम्बर ५ का २ जना गरि ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार कोरोना पुष्टि भएका मध्य वडा नम्बर ५ का एक जना कतारबाट आएका र वडा नम्बर २ का २ जना भारतबाट आएका हुन् ।