घोडाघोडीमा आइसोलेसनमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण भेटिएन

धनगढी

 कैलालीको घोडाघोडी नगपरपालिकाको आइसोलेसनमा मृत्यु भएकी एक महिलाको कोरोना परिक्षणमा नेगेटिभ रिेपोर्ट आएको छ । बझाङ घर रहेकी ३५ बर्षीय लक्ष्मी जेठाराको सोमबार राति घोडाघोडी नगरपालिका ११ स्थित दशरथ आधारभुत बिद्यालयको आइसोलेसनमा सोमबार राति मृत्यु भएको थियो ।

 घोडाघोडी नगरपालिकाका स्वास्थ्य सहसंयोजक मीन बहादुर धामीले कोरोना नेगेटिभ आएपछि शवलाई आफन्तको जिम्मा लगाइएको र आज (बुधबार) दाहसंस्कारको तयारी भैरहेको बताए ।

 आफ्ना श्रीमानसँगै भारतबाट आएकी जेठारा लकडाउनका कारण बझाङ जान नसकेपछि घोडोघोडीमा आफन्त कहाँ गएका थिए । घोडोघाडीमा गरिएको परिक्षणमा उनका श्रीमानलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी घोडाघोडीकै आइसोलेसनमा छन् ।

 स्वास्थ्य सहसंयोक धामीका अनुसार ती महिलाका दुवै मृगौला फेल भएका थिए र तीन दिनदेखि डाइलोसिस गर्न पाएकी थिइनन् ।