धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026

बाँकेमा ५१ आर्मी सहित ७३ जना संक्रमित थपिए

नेपालगञ्ज

  बुधबार बाँकेमा ५१ जना नेपाली सेना सहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

  जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले नेपालगञ्जमा २२ जना र कोहलपुरमा ५१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

   उनका अनुसार कोहलपुरमा कोरोना देखिएका ५१ जना कौशिलानगर ब्यारेकका नेपाली सेना हुन् । नेपालगञ्जमा कोरोना देखिएका २२ जनामा आठ जना नेपाल टेलिकमका कर्मचारी रहेका छन् ।  यो संगै बाँकेमा कोरोना संक्रमितको संख्या ९ सय १६ जना पुगेको छ ।


ट्रेन्डिङ