धनगढी पोष्ट
बुधबार, १० भदौ २०७७ मा प्रकाशित
धनगढी
धनगढी उपमहानगरपालिकामा कोरोना संक्रमित शिक्षिकाका परिवार सहित ५ जना बुधबार ट्राभल हिस्ट्री नभएका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा मंगलबार कोरोना संक्रमण पुष्टि भएकी शिक्षिकाका छोरा सहित परिवारका २ जना सदस्य र वडा नम्बर ५ का एक कोरोना संक्रमितकी भाइबुहारीमा कोरोना संक्रमण भएको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य निरीक्षक लक्ष्मी राज उपााध्यायले बताए ।
बुधबार कोरोना संक्रमण पुष्टि हुनेमा वडा नम्बर ७ का २ जना भारतबाट आएका व्यक्तिहरु रहेका छन् । उपाध्यायका अनुसार संक्रमित ५ जनाको परिचय खुल्न बाकी छ ।
सेती प्रादेशिक अस्पतालमा बुधबार गरिएको परिक्षणमा धनगढी उपमहानगरपालिकाका १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।