धनगढी पोष्ट
शुक्रबार, ३० जेठ २०७७ मा प्रकाशित
धनगढी
दिपायल सिलगढी नगरपालिकाकी प्रमुख मन्जु मलासीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमण्डौं लगिएको छ । नगरप्रमुख मलासीलाई शुक्रवार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट काठमाण्डौं लगिएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि घरमा आराम गरिरहेकी नगर प्रमुख मलासीको स्वास्थ्यमा बिहीवार राति श्वासप्रश्वासमा समस्या बढेपछि काठमाण्डौ लगिएको हो ।
भारतबाट आएका नेपालीलाई क्वारेन्टिनमा राख्ने र क्वारेन्टिन व्यवस्थापन सहितका काममा सक्रिय रहेकी नगर प्रमुख मलासी स्वास्थ्यमा समस्या देखिएपछि घरमै आराम गरिरहेकी थिइन् ।