सचिवालय सदस्यहरु थापा र पोखरेल ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेपछि बैठक स्थगित

सचिवालय सदस्यहरु थापा र पोखरेल ‘कन्ट्याक्ट ट्रेसिङ’मा परेपछि बैठक स्थगित

काठमाडौं

  दुई जना सचिवालय सदस्यहरु कन्ट्याक्ट कन्ट्याक्ट ट्रेसिङमा परेपछि  नेपाल कम्युनिष्ट पार्टीको शनिबार बोलाइएको सचिवालय बैठक स्थगित भएको

  नेकपाका सचिवालय सदस्यहरु राम बहादुर थापा बादल ईश्वर पोखरेल कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् 

   अध्यक्ष द्वय केपी शर्मा ओली पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्तापछि बैठक स्थगित गरिएको हो

   नेकपा कार्यदलले भदौ गते बुझाएको प्रतिवेदनबारे शनिबारको सचिवालय बैठकमा छलफल गरिने कार्यक्रम थियो नेकपा अध्यक्षद्वय ओली प्रचण्डबीच गत मंगलबार भएको छलफलपछि शनिबारका लागि बैठक तय गरिएको थियो

   गत आइतबार बसेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) को बैठकमा सहभागी हुँदा चिया उपलब्ध गराउने एक जना सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको ईश्वर पोखरेलका स्वकीय सचिव दिपेन्द्र श्रेष्ठले जानकारी दिए