धनगढी पोष्ट शनिबार, ०६ बैशाख २०८२   April 19, 2025

कैलालीमा निषेधाज्ञा ५ दिन थप, भदौ १९ सम्म निषेधाज्ञाा जारी रहने

कैलालीमा निषेधाज्ञा ५ दिन थप, भदौ १९ सम्म निषेधाज्ञाा जारी रहने

धनगढी

कैलाली जिल्लामा लागु गरिएको निषेधाज्ञाको समय ५ दिन थप गरिएको छ । भोलि (आइतबार) रातिसम्म कायमै रहेको निषेधात्रा बढाएर भदौ १९ गते रातिसम्म निरन्तरता दिने आदेश कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले शनिबार जारी गरेका छन् ।

   यसअघि भदौ ४ गते राति  १२ बजेदेखि भदौ १४ गते रातिसम्म निषेधाज्ञा जारी लागु गरिएको थियो । पहिलो पटक लागु गरिएको निषेधाज्ञा सकिन अझै एक दिन बाँकी नै छ ।

  कैलालीका  प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा भदौ ४ गतेदेखि जारी निषेधाज्ञा प्रभावकारी भएकोले कोरोनाको जोखिम न्युनीकरण गर्न जिल्लाभर लागु हुने गरि निषेधाज्ञाको आदेश जारी गरिएको जनाइएको छ ।