धनगढी पोष्ट
शनिबार, १३ भदौ २०७७ मा प्रकाशित
धनगढी
सुदरपश्चिमका म्ख्यमन्त्री त्रिलोचन भट्टको भान्से (खाना पकाउने ) मा कोरोना संक्रमण भएको छ ।
सेती प्रादेशिक अस्पताल धनगढीमा शनिबार गरिएको स्वाब परिक्षणमा मुख्यमन्त्रीको खाना पकाउने २८बार्षीय महिलामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
ती महिला धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडी स्थित मुख्यमन्त्रीको निवासमा खाना पकाउने काम गर्दै आइरहेकी छिन् ।
मुख्यमन्त्री कार्यालयका ड्राइभरमा पनि केही दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । ड्राइभरमा कोरोना संक्रमण भएपछि गरिएको मुख्यमन्त्री भट्ट सहित ८३ जनाको स्वाब परिक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो ।