धनगढी पोष्ट
शुक्रबार, ३० जेठ २०७७ मा प्रकाशित
धनगढी,
कोरोनाका संक्रमित बढ्दै जाँदा शिवनगर बोराडाँडी युवा क्लब गाउँगाउँमा सचेतना कार्यक्रम सञ्चालन गर्दै सवै साधारणलाई सचेत बनाउँन जुटेका् छ ।
गाउँघरमा अझै पनि कोरोना सम्बन्धी जानकारीको अभावमा प्रयाप्त सचेतना नअपनाएको देखिएपछि सचेतना अभियान सञ्चालन गरिएको क्लवका अध्यक्ष गोविन्द अवस्थीले बताए ।
गाउँमा पर्चा पम्लेट वितरण गर्ने, तथा नागरिकलाई कोरोनाबाट बच्न विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका उपायका बारेमा जानकारी गराउने गरेको क्लवका उपाध्यक्ष कमल जोशीले बताए । उनले खेतमा व्यस्त रहेका किसानलाई पनि कोरोनाबाट बच्न सामाजिक दुरी कायम गर्न सुझाव दिइने गरेको बताए ।