धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026

कञ्चनपुरमा थप पाँच दिन निषेधाज्ञा

कञ्चनपुरमा थप पाँच दिन निषेधाज्ञा

 महेन्द्रनगर

  कोरोना भाइरसको महामारी बढ्दै गएपछिजिल्ला प्रशासन कार्यालय कञ्चनपुरले थप पाँच दिनका लागि निषेधाज्ञाको समयावधि लम्ब्याएको छ।

दिनानुदिन कोरोना संक्रमित बढ्दै गर्दा प्रशासनले यस्को नियन्त्रणका लागि यही भदौ १९ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको समय थप गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी बताए ।

 उनका अनुसार, जिल्ला सुरक्षा समिति कञ्चनपुरको आइतबार बसेको बैठकले निषेधाज्ञालाई थप कडाई गर्दै अनुमति पाएका र अत्यावश्यक सेवा तथा बस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय तथा यातायात साँझ ०५:३० बजेदेखि बिहान ७ बजेसम्मका लागि बन्द गर्ने निर्णय समेत गरेको छ ।


ट्रेन्डिङ