धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

सात सय सञ्चारकर्मीलाई भण्डारीले दिए स्वास्थ्य– सौन्दर्य सामाग्री

सात सय सञ्चारकर्मीलाई भण्डारीले दिए स्वास्थ्य– सौन्दर्य सामाग्री

काठमाडौ

   हरिप्रिया प्रकाश फाउन्डेसनले उपत्यकामा रहेका सात सय संचारकर्मीलाई स्वास्थ्य र सौन्दर्य सामाग्री प्रदान गरेको छ ।

     सामाजिक दुरी सहितको भलाकुसारी गर्दै नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनमा आवद्ध  उपत्यकाका सात सय सञ्चारकर्मीलाई स्वास्थ्य र सौन्दर्य सामाग्री सहित मायाको कोसेली प्रदान गरेको फाउन्डेसनका क्षितिज भण्डारीले जानकारी दिए ।

    ललितपुर र भक्तपुरपछि काठमाडौमा नेपाल प्रेस युनियन केन्द्रीय समिति मार्फत फ्रन्टलाईनका पत्रकारलाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्य र     सौन्दर्य सामाग्री हस्तान्तरण गरे ।

      नेपाल प्रेस युनियनले केन्द्रीय कार्यालयमा केही थान पिपिई, एन ९५ मास्क, फेस सिल्ड, डाबर मन्जन, लिरिल साबुन तेल सहित ५ सय वटा नर्मल मास्क, ५ सय डाबर नेपालको जुस, ५ सय हिमालयको फेसवास, २५ सय नवरत्न तेल र २५ सय सैम्फुको सानो पाउच सहित मायाको कोसेली सञ्चारकर्मीलाई बितरण गरिएको समापन कार्यक्रम सभापति एवं केन्द्रिय सदस्य कल्पना शर्माले बताईन ।

    फाउन्डेसनका संचालक क्षितिज भण्डारीले कुनै आर्थिक संकलन नगरि सामाजिक सेवा भावले ७ सय सञ्चारकर्मीलाई  स्वास्थ्य सामाग्री प्रदान गरिएको बताए ।