धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026

बुधबार देशभर थपिए ११ सय २० जना कोरोना संक्रमित

बुधबार देशभर थपिए ११ सय २० जना कोरोना संक्रमित

काठमाडौँ

  नेपालमा बुधबार थप १ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस सँगै देशभर कोरोना संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।

   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १ हजार १ सय १२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार २ सय ९० पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ८ रहेको छ । हाल ६ हजार ७ सय ६६ जना क्वारेन्टिनमा छन् ।

  यस्तै काठमाडौँ उपत्यकामा ३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् ।

 

 

 


ट्रेन्डिङ