धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

बाढी आएको १५ दिन पछि हेलिकोप्टरमा सुदूरपश्चिमका मुख्यमन्त्री बाढी पीडित क्षेत्रमा जाँदै

धनगढी

 साउन अन्तीम र भदौ पहिलो साता बाढीले क्षति पु¥याएको बाजुरा र अछामको रामारोशनका बाढी पीडित परिवारका लागि राहत साम्रगी पु¥याउन १५ दिन पछि मुख्यमन्त्री सहितको टोली रामारोशन जाँदैछ ।

 मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाह सहितको टोली अछामको रामारोशन गाउँपालिका वडा नम्बर ५ सैनी बजार र बाजुरा गौमुल लगायतका ठाउँका बाढी प्रभावित परिवारहरुका लागि राहत सामग्री लिएर गइरहेको हो ।

 मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिब ओलीका अनुसार मुख्यमन्त्री सहितको टोली बाढीले घर बगाएका परिवारहरुका लागि त्रिपाल र कम्बल लिएर प्रभावित क्षेत्र जान लागेको हो । साथै टोलीले मृतक परिवारलाई घोषणा गरेको एक लाख रुपैयाँ राहत पनि हस्तान्तरण गर्नेछ ।

 मुख्यमन्त्री नेतृत्वको टोली धनगढीबाट हेलिकोप्टरमा बाढी प्रभावित क्षेत्रका लागि हिडेको छ । भदौ ३ गते राति कैलाश खोलामा आएको बाढीले किनारमा रहेको सैनीबजारका १७ घर बगाएको थियो । घटनापरि ८ जनाले ज्यान गुमाएका थिए भने ९ जना अझै बेपत्ता छन् ।  यसैगरी साउन अन्तिम साता र भदौ ३ गते बाजुराको गौमुल गाउँपालिका, त्रिवेणी नगरपालिका, बुढीगंगा नगरपालिका लगायतका ठाउँमा ठुलो क्षति पु¥याएको थियो ।