धनगढी पोष्ट
बिहिबार, १८ भदौ २०७७ मा प्रकाशित
काठमाडौं
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ ।
आजको नेकपा सचिवालयको बैठकले राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रधानमन्त्रीले बैठकमा गौतमलाई राष्ट्रिय सभामा मनोयनका लागि राष्ट्रपतिसमक्ष पठाउने निष्कर्षमा सरकार पुगेको जानकारी गराएका हुन् ।
सरकारको यो निर्णयसँगै अर्थमन्त्री डा युवराज खतिवडाको अर्थमन्त्री पद धरापमा परेको छ। भदौ २० भित्र राष्ट्रिय सभामा रिक्त रहेको एक पदमा मनोनित गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार सरकारले गौतमको नाम सिफारिस गर्ने भएको हो।