ऐश्वर्यको उत्कृष्ठ व्यवस्थापन भएकोले एमबीएसको अनुमति पायौं  : भट्ट

केही दिन अघि मात्र बिभुवन बिश्वबिद्यालयका पदाधिकारीसँग भएको छलफलबाट अब हामीले बीबीए, बीबीएम र बीए अन्तरगतका कार्यक्रमहरु राख्ने तयारीमा लागेका छौं ।

ऐश्वर्यको उत्कृष्ठ व्यवस्थापन भएकोले एमबीएसको अनुमति पायौं  : भट्ट
धर्मदेव भट्ट क्याम्पस प्रमुख ऐश्वर्य बहुमुखी क्याम्पस  धनगढी

कोभिडको बेलामा शैक्षिक प्रशासनिक काम कसरी सञ्चालन भैरहेको ?  

कोभिडले संसारलाई नै असर पारिरहेको बेलामा शैक्षिक संस्थाहरु मात्र अछुतो रहने कुरै भएन शैक्षिक क्षेत्र पनि प्रत्यक्ष रुपमा बढी प्रभावित भएको क्षेत्र हो तर पनि हामीले अनलाइन कक्षाहरुबाट शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छौं अहिले बिद्यार्थी शिक्षकका लागि प्रविधिसँग जोडिने अवसर पनि हो   हिजो कम्प्युटर चलाउन नसक्ने एक  व्यक्ति आज प्रविधिमा दक्षता हासिल गरिरहेका छन्   यसले बिद्यार्थीहरु प्रविधिमैत्री भएर अनलाइन कक्षाहरु सफल भैरहेका छन्   बिद्यार्थीको हितका लागि प्रविधि पनि अपनाएका छौं युजीसी सामाजिक बिकास मन्त्रालयले केही प्रविधिहरु उपलवध पनि गराएको  

 कोभिड १९ का कारण शिक्षण संस्थाहरु भौतिक रुपमा सञ्चालन नभैरहेको बेलामा ऐश्वर्य क्याम्पसले स्नाकोत्तर तहमा एमबीएस कार्यक्रम सञ्चालन गर्दैछ   यो कस्तो कार्यक्रम हो ?  

ऐश्वर्यले २०६३ मा सेती अन्चलमा पहिलो बीएस्सी  कक्षा सञ्चालन गरेको थियो त्यो बेला धेरैले किन बीएस्एसी शुरु गरेको भनेर सोधे पनि सुदुरपश्चिममा पनि बीएस्सी चल्छ भनेर प्रश्न पनि गरे तर त्यो उत्कृष्ट कार्यक्रमका रुपमा स्थापित भएको २०६४ मा बीबीएस पनि ल्यायौं ती दुवै कार्यक्रम ल्याइसकेको लामो समयपछि २०७८ मा एमबीएस पाएका छौं राम्रो व्यवस्थापनमा सफलताका साथ साथ संचालन भैरहेको ऐश्वर्यमा बिद्यार्थीको उच्च चाप रहेको अहिलेको समय व्यवस्थापनको समय हो व्यवस्थापन बिना कुनै संस्था चल्न सक्छ, कुनै देश चल्न सक्छ एमबीएसले बिद्यार्थीहरुमा व्यवस्थापकीय क्षमता पुर्ण गराउँछ

 बीबीएस उत्तीर्ण भएका बिद्यार्थीहरुका लागि उत्कृष्ट संकाय भनेको एमबीएस हो यसले रोजगारीका सम्भावना बढाउछ यसले स्वस्फुर्त रुपमा आफुले चाहेको काम गर्न सक्ने, समाजलाई केही दिन सक्ने, व्यवस्थापन पक्षमा ज्ञान हासिल गरेर राष्ट्रलाई रुपान्तरण गर्न सक्ने जनशक्ति तयार पार्छ त्यसैले ऐश्वर्यको उत्कृष्ठ व्यवस्थापनमा बिश्वास गरेर त्रिभुवन बिश्वबिद्यालयले एमबीएस कार्यक्रम दिएको एमबीएसमा भर्नाका लागि बिद्यार्थीको जुन चाप बढ्दै गएको त्यो हामी सबैका लागि खुशीको कुरा हो

अहिले बिश्वबिद्यालयले ४० कोटा हामी ८० जनासम्म भर्ना लिनसक्छौं यसका लागि डीन कार्यालयसँग कुरा पनि भैसकेको वहाँहरुले आश्वासन पनि दिनु भएको

  हाम्रो टीम सक्षम बीबीएसको सफल सञ्चालनले पनि एमबीएस सफल हुन्छ भन्ने देखाउँछ यसलाई अझै राम्रो बनाउन  नेपालकै बिज्ञ प्रोफेसरहरु प्राडा. प्रेमराज पन्त, प्राडा. हेमराज पन्त, प्रा.डा. डिल्ली शर्मा, डा. खगेन्द्र ओझा,  प्रा. डा.  महानन्द चालिसे,  प्रा. डापदमराज जोशी, अर्थबिद डाराजेन्द्र चन्द जस्ता बिज्ञलाई पनि भिजिटिङ प्रोफेसरका रुपमा नियुक्त गरेका छौं वहाँहरु आउनु हुन्छ, कक्षा लिनु हुन्छ यो सेमेस्टर सिस्टम हो दुई बर्षमा चार सेमेस्टर हुन्छन् क्याम्पसले छोटो समयमा प्राप्त गरेको उपलव्धिले पनि एमबीएस सफल हुन्छ सुदुरपश्चिममा नमुना बनाउर देखाउछौं

ऐश्वर्यप्रति बिद्यार्थीको आकर्षण कस्तो ?

कोभिड १९ को  बेलामा पनि ऐश्वर्य  क्याम्पस बिद्यार्थीको रोजाईमा पर्न गएको बीबीएसमा भर्ना आव्हान गर्दा बिद्यार्थीको चाप बढेपछि साढे शय जना हामीले भर्ना गरयौं तर दुई शय जनालाई भर्ना नै गर्न सकेनौं यसबाट पनि के बुभिन्छ भने ऐश्वर्य एउटा ब्राण्ड बनिसकेको , ऐश्वर्यप्रति बिश्वास बढेको

ऐश्वर्य बहुमुखी क्याम्पसले क्युएए प्राप्त गरिसकेपछि के सकारात्मक परिवर्तनहरु अनुभव गर्न सकिने बनेका छन् ?

कुनै पनि शिक्षण संस्थाको सफलताको आधार गुणस्तर सुनिश्चितता प्रत्यायन  (क्युएए ) नै हो   नेपालकै इतिहासमा ऐश्वर्य बहुमुखी क्याम्पसले छोटो समयमा नै क्युएए पाएको नेपालमा रहेका सात शय सामुदायिक क्याम्पसहरु मध्य क्युएए प्राप्त गर्ने ऐश्वर्य बहुमुखी क्याम्पस ३५ औं क्याम्पस हो  भने सुदुरपश्चिममा क्युएए प्राप्त गर्ने तेश्रो क्याम्पस हो क्युएए पाइसकेपछि झनै बिश्वास बढेको , आत्मसम्मान बढेको   बिश्वबिद्यालय अनुदान आयोगले क्याम्पसका लागि जुन बजेट बिनियोजन गरेको , सेतीको पहिलो, बीएस्सी चलाउने क्याम्पस भएकोले युजीसीले बिज्ञान प्रयोगशाला कम्प्युटर प्रयोगशालाको  लागि रकम बिनियोजन गरेको सुदुरपश्चिम सरकार सामाजिक बिकास मन्त्रालयले ऐश्वर्य बहुमुखी क्याम्पसलाई प्रदेशको नमुना क्याम्पसमा छनौट गरेको   सामाजिक बिकास मन्त्रालयले पनि करोडौंको लगानी गरिसकेको यी सबै हुनु क्युएएको प्रभाव पनि हो

बिद्यार्थीहरुले  क्युएए प्राप्त क्याम्पसको बिद्यार्थीको हु भन्ने गर्व गर्न पाएका छन् क्युएए प्राप्त क्याम्पसका जनशक्ति हौं भन्ने गर्व हामीलाई    नेपालकै कतिपय प्रदेशमा क्युएए सर्टिफाइड कलेजबाट उत्तीर्ण बिद्यार्थीलाई ग्राह्रयता दिइनेछ भनेर कर्मचारीको बिज्ञापन प्रकाशित गर्ने क्रम शुरु भैसकेको यो अन्तरराष्ट्रिय मापदण्ड  हो यो अनमोल , यसका कुनै मुल्य नै छैन त्यसैले यसको सामाजिक क्षेत्रमा असर परेको आर्थिक रुपमा प्रभाव परेको  

कोरोना संकटको बेलामा क्याम्पसको व्यवस्थापन कसरी हुन्छ ?

यस्तो बेलामा साह्रै गाह्रो भयो स्थानीय सरकार, प्रदेश सरकार युजीसीले क्याम्पस प्रशासन चलाउनका लागि तलब भत्तामा सहयोग गर्दैनन् त्यो व्यहोर्ने आन्तरिक श्रोतबाट नै हो यसका लागि गत बर्ष हामीले करोडौं रुपैया ऋण लियौं  शिक्षक कर्मचारीलाई तलब  सेवा उपलव्ध गरायौं अहिलेकोल बेलामा पनि साह्रै चुनौती   किनकि धेरै शिक्षक कर्मचारी साथीहरुको आधार भनेकै क्याम्पस हो कतिपय भाडामा बसेका छन, कतिपयले ऋण लिएका छन् सबैलाई अप्ठेरो परिरहेको पनि भोलिका दिनमा क्याम्पस संचालन भएमा समस्या समाधान हुने नै छन् दैनिक प्रशासन चलाउन गाह्रो भत्ताको सुविधा दिन गाह्रो भएको अपाङ्गै नभए पनि हिंड्न नसक्ने अवस्था भएको अवस्था चाहि हो

भावी कार्यक्रम के   ?

ऐश्वर्य क्याम्पसमा बिद्यार्थीको आकर्षण बढेसँगै यसको पुर्वाधार थप गर्न पनि जरुरी भएको हामी क्याम्पस भवनको चौथो तला थप्ने योजनामा छौं   अर्को ल्याब बनाउन गइरहेका छौं

केही दिन अघि मात्र बिभुवन बिश्वबिद्यालयका पदाधिकारीसँग भएको छलफलबाट अब हामीले बीबीए, बीबीएम बीए अन्तरगतका कार्यक्रमहरु राख्ने तयारीमा लागेका छौं सुदुरपश्चिमको राजधानी धनगढीमा अब त्रिभुवन बिश्वबिद्यालयको एक मात्र क्याम्पस ऐश्वर्य बहुमुखी क्याम्पस होती कार्यक्रमहरु चलाउनका  लागि आन्तरिक तयारी गर्नुस् भन्नु भएको त्यसैले ती कार्यक्रमहरु सञ्चालन गर्ने तयारीमा हामी लागेका छौं यो समग्र सुदुरपश्मिबासीका लागि गौरवको बिषय हो

क्याम्पस दिन प्रतिदिन फस्टाउदै गएको क्षेत्रफल कम भैरहेको त्यसैले करिब एक बिगाह जमिन संचालक समितिले खोजी गर्नु पर्छ पाच बर्षभित्र नयाँ भवन बनाएर त्रिभुवन बिश्वबिद्यालयका बिभिन्न कार्यक्रमहरु जस्तो :  बीएस्सी एजी, सीएसआइटी, एमएससी, इन्जिनियरिङ  बिषयहरु ल्याउन पर्छ  यसमा हाम्रो दुरदर्शिता पनि हामी सफल पनि हुन्छौं संचालक समिति यसमा कटिबद्ध पनि