क्यान इन्फोटेकमा सुचना प्रविधिको प्रदर्शनी र सचेतनाको काम हुन्छ: :  पनेरु

क्यान इन्फोटेकमा सुचना प्रविधिको प्रदर्शनी र  सचेतनाको काम हुन्छ: :  पनेरु
टेकराज पनेरु निर्देशक क्यान इन्फोटेक आयोजक समिति क्यान कैलाली

क्यान इन्फोटक कस्तो कार्यक्रम हो ?

क्यान इन्फोटक सुचना प्रविधि सम्वन्धी  सचेतना जगाउने, सुचना प्रविधिको प्रदर्शनी सुचन प्रविधिसँग जोडिएका व्यक्ति, सरोकारवालाहरुको बिषयगत परिचय गर्ने, सुचना प्रविधका उपकरणहरुको व्यवसाय प्रवद्र्धन गर्ने थलो हो

 क्यान इन्फोटकमा के कस्ता गतिविधिहरु हुन्छन् ?

क्यान इन्फोटेकमा सुचना प्रविधिसँग सम्वन्धी सामानहरुको प्रदर्शनी हुन्छ सुचना प्रविधको सचेतनाका कार्यक्रमहरु हुन्छन् सुचन प्रविधिको अध्यापन गर्ने संघसंस्थाहरुको पनि समावेश हुन्छन्

सुचना प्रविधिका  कस्ता खालका कम्पनीहरुको  सहभागिता हुदैछ ? 

इन्फोटेकमा सुचना प्रविधिसँग जोडिएका सबैलाई स्वागत कम्प्युटर, इलेक्टोनिक्सका होम एप्लायन्सहरु जस्तै : टीभी, फ्रीज, मोबाइलका स्टल हुनछन्

सुचना प्रविधिको अध्ययन अध्यापन गराउने शैक्षिक संस्थाहरुको सहभागिता हुदैछ धनगढीका नास्ट कलेज, ऐश्वर्य बहुमुखी क्याम्पस, एसपीए कलेज, कैलाली बहुमुखी क्याम्पसमा  बीसीए, बीएसआइटी जस्ता सुचना प्रविधिको पढाई हुन्छ   सुचना प्रविधिको पढाई  धनगढीमै हुन्छ सुचना प्रविधिका दक्ष जनशक्ति यही उत्पादन भैरहेका छन् भनेर जानकारीका लागि कलेजहरुको सहभागिता गरेका छौं इन्फोटेकमा कलेजहरुले आफ्ना कार्यक्रम उत्पादनका बारेमा प्रदर्शनी राख्नेछन् त्यसैले सामान खरिद गर्न चाहने सुचना प्रविधिमा चासो राख्नेहरुका लागि निकै लाभदायक

इन्फोटेकमा  सुचना प्रविधिका बारेमा कस्ता सचेतनाका कार्यक्रम हुन्छन् ?

इन्फोटकमा प्रविधिको पदर्शन मात्र हुदैन, सुचना प्रविधिका बारेमा गोष्ठी, सेमीनारहरु हुन्छन् इन्फोटककै क्रममा सुचना प्रविधि सम्वन्धी सेमीनार पनि आयोजना हुन्छन् गाउपालिका नगरपालिकाका सुचना प्रविधि अधिकृतहरुका लागि कार्यशाला पनि संचालन गर्छौ   ती कार्यक्रमहरुका लागि जिम्मेवारी नै तोकेका छौं   तालिम सेमीनारका श्रोत व्यक्तिहरु काठमाण्डौबाट नै आउनु हुन्छ

क्यान इन्फोटको पहिलो संस्करणको लामो समयपछि किन दोश्रो संस्करण हुदैछ ?

पहिलो पटक २०१६ मा हामीले क्यान इन्फोटेक गरेका थियौं त्यसपछि २०२० मा पनि गर्ने कोशिश गरेका थियौं तर कोभिडका कारण प्रशासनबाट अनुमति पाउने अवस्था बनेन व्यावसायिक वातावरण पनि थिएन लामै समयपछि भए पनि फेरि निरन्तरता दिन लागेका छौं पहिलो   पटकका कमजोरीहरु हटाउदै भव्य रुपमा  सबैलाई समेटेर यससटक इन्फोटेक गर्दैछौं

अफर होला नि सामानको खरिदमा ?

ठुला ठुला कम्पनीहरु इन्फोटेकमा सहभागी हुदैछन् नेपालमा सबै भन्दा पहिलो कम्प्युटर भित्र्याउने, नेपालमा सुचना प्रविधिको बिकासमा ठलो योगदान भएको मर्कन्टाइल जुन एसर इप्सनको नेपालका लागि आधिकारिक बिक्रेता हो, इन्फोटेकको सहप्रायोजक भएर आएको मर्कन्टाइलले  इन्फोटक अवधिमा राम्रो अफर दिदैछ त्यसबाहेकका इन्फोटेकमा सहभागी हुने सबै कम्पनीले अफर दिंदैछन्    यस क्षेत्रका सबै दाजु भाइ दिदी बहिनीहरुलाई इन्फोटेकमा सहभागी भैदिन, अफरका् फाइदा लिन आग्रह इन्फोटकमा प्रवेश गरेको कुनै शुल्क लाग्दैन त्यसैले इन्फोटेकमा आएर सुचना प्रविधिका बारेमा कुरा बुझ्न, सामान खरिद गर्न सबैलाई अनुरोध

कति स्टल हुन्छन् ?

हामीले सुचना प्रविधिसँग सम्वन्धित स्टल मात्र राख्ने गरेका छौं त्यसैले ७० जति स्टल हुन्छन्

इन्फोटेकबाट आम्दानी भएको आम्दानीको प्रयोग के मा गर्नुहुन्छ ?

 पहिलो पटकको इन्फोटेकमा नाफा घाटा केही भएन, बराबर नै भयो   तर यसपटक  बच्ने आशा गरेका छौं बचेका रकमलाई आर्थिक स्थिति कमजोर रहेका केही बिद्यालयहरुमा सुचना प्रविधिको बिकासका लगि खर्च गर्ने योजना बनाएका छौं

इन्फोटेकमा नया के ?

इन्फोटेकमा लाइटसँग सम्वन्धित सामानहरु पनि  प्रदर्शनीमा हुन्छन् तिनीहरुको प्रदर्शनी  पनि गर्नु पर्ने हुन्छ   इन्फोटक दिउसो हुने हुदा त्यसबेला प्रदर्शनी हुन पाउदैन त्यसैले यस पटक इन्फोटकको अवधिमा फागुन १९ गते शुक्रवारलाई  Good friday मानेर  रातिसम्म इन्फोटक सँचालन गर्छौ त्यो दिन मनोरन्जन कार्यक्रम पनि गर्छौ