सिड्लिङ जोनमा बालबालिकाहरुको विशेष ख्याल हुन्छ : रेग्मी

सिड्लिङ जोनमा  बालबालिकाहरुको विशेष ख्याल हुन्छ : रेग्मी
शारदा रेग्मी प्रिन्सिपल   सिड्लिङ जोन

मन्टेश्वरी शिक्षण विधि भनेको केहो ?

मन्टेश्वरी  भनेको मारिया मन्टेश्वरीले प्रतिपादन गरेको शिक्षण विधि हो दुई बर्षदेखि बर्ष सम्मका बालबालिालाई आधारभुत ज्ञान दिन मारिया मन्टेश्वरीले एउटा शिक्षण विधि अवलम्बन गर्नुभयो त्यो विधि धेरै प्रभावकारी बन्यो अहिले त्यही शिक्षण विधिलाई अबलम्बन गरेर बालबालिालाई सिकाइने गरिएको पहिलो पटक स्कुल जाने बालबालिालाई सिकाउन मन्टेश्वरी सफल शिक्षण विधि बनेको

हामीले २०६५ सालदेखि मन्टेश्वरी विधिबाट शिक्षण गराउन थालेको हौ सुदूरपश्चिममा पहिलो पटक हामीले मन्टेश्वरी शिक्षण विधि भित्र्याएका थियौं

सिड्लिङ जोनलाई नै किन छान्ने अभिभावकले ?

सिड्लिङ जोनमा अनुभवी मन्टेश्वरी तालिम प्राप्त शिक्षिका रहेका छन् बालबालिकालाई शिक्षक भन्दा शिक्षिकाले बढी स्याहार गर्न सक्ने हुन्छन् त्यसैले हामीले सवै शिक्षिका राखेका छौं उनीहरु अनुभवी तालिम प्राप्त छन् सुदूरपश्चिमकै मन्टेश्वरी विधिबाट शिक्षण गराउने पहिलो शैक्षिक संस्था पनि सिड्लिङ जोन नै हो

त्यसैगरी हाम्रो विद्यालयमा मन्टेश्वरी शिक्षण पद्ध्तिका लागि आवश्यक पर्ने सवै शैक्षिक सामाग्री उपलब्ध छन् बालबालिकाका लागि खेल सामाग्रीको प्रयाप्त व्यवस्था रहेको विद्यार्थीलाई ओसार्न सुविधा सम्पन्न भ्यानको पनि व्यवस्था रहेको त्यसका अलावा हाम्रा विद्यालयमा बालबालिकालाई स्वस्थकर खानेकुरा उपलब्ध गराउँदै उनीहरुको स्वास्थ्यलाई पनि विशेष ख्याल गरिएको हुन्छ

स्वच्छ पिउने पानी, ताजा फलफुल हाइजनिक एवं स्वस्थकर खाजा खुवाउने गरेका छौं अहिलेसम्म सवै अभिभावक सन्तुष्ट हुनुहुन्छ हामीले शैक्षिक विकासका लागि तत्कालिन दिर्घकालिन योजना बनाका छौं

बालबालिकालाई मन्टेश्वरीमै किन पढाउने ?

बालबालिका भनेको गिलो माटो जस्तै हुन् गिलो माटोलाई जस्तो आकार दियो त्यस्तै बन्छ बालबालिका पनि गिलो माटो जस्तै कुनै आकारमा ढल्कि सकेका हुदैनन् तर उनीहरुलाई शुरुवाती शिक्षा जस्तो प्रदान हुन्छ, उनीहरुको आकार पनि भविश्यमा त्यसै हुने गर्दछ

मन्टेश्वरी शिक्षण विधि एउटा यस्तो माध्यम हो जहाँ गिलो माटो जस्तै कुनै आकार नलगि सकेका बालबालिलाई एउटा सहि दिंशा निर्देश गर्नका लागि उपयुक्त शिक्षण विधि अवलम्बन गरिन्छ बालबालिकालाई दवावमा नभई उनीहरुको चाहनाका आधारमा शिक्षण गरिने भएका कारण मन्टेश्वरी पद्धतिले बालबालिकालाई सामान्य स्कुलको भन्दा सहज रुपमा वृहत शिक्षा प्रदान गर्न सक्छ शिक्षासंगै बालबालिकालाई समाजिक क्षेत्र रुपमा पनि जिम्मेवार बनाइने गरिन्छ

मन्टेश्वरी विधिमा बालबालिकाले रमाईलो गर्दै सिक्ने हुँदा उसलाई मानसिक रुपमा पनि कुनै दवाद हुदैन मन्टेश्वरी विधिमा बालबालिकाको दायाँ बायाँ दुवै तर्फको दिमागलाई सक्रिय बनाउने गरी गतिविधि सञ्चालन  हुन्छन् सामान्य तया मानिसको दाहिने तर्फको दिमाग मात्रै बढी सक्रिय हुने गर्दछ

अहिले धेरै अभिाकहरुले आफ्ना नानी बाबुहरुलाई मन्टेश्वरी स्कुलमा भर्ना गर्न चाहिरहेका हुन्छन् अभिभाकलाई के भन्न चाहन्छु भने, तपाईहरु कसैले कुरा गरेकै भरमा मात्रै आफ्ना नानी बाबुहरुलाई भर्ना नगर्नुहोला एक पटक सवै मन्टेश्वरी स्कुलको बारेमा राम्ररी बुझ्नुहोला किनकी स्कुलको भौतिक संरचना चिटिक्क् पारेको भन्दैमा स्कुलको सवै कुरा राम्रो हुँदैन विद्यालयको गुणस्तर कस्तो भन्ने कुरा महत्वपुर्ण हो