ओन्डरल्याण्डमा बालबालिकाको सिकाइ र  स्वास्थ्यमा ख्याल गर्छौ : झा

ओन्डरल्याण्डमा बालबालिकाको सिकाइ र  स्वास्थ्यमा ख्याल गर्छौ : झा
निला झा प्रिन्सिपल ओन्डरल्याण्ड प्रि स्कुल

 प्रि प्राइमरी भनेको केहो ?

प्रिप्राइमरी भनेको बालबालिकालाई आधारभुत ज्ञान दिने हो १८ महिनादेखि बर्षसम्मका बालबालिकालाई राम्रो वातावरणमा हुर्काउन प्रिप्राइमरी स्कुल आवश्यक हुन्छन् जहाँ आधारभुत ज्ञान दिइन्छ बालबालिकालाई राम्रो बोल्न सिकाउने बाट मेरो भन्ने भावनाको विकास गराउने सामुहिकताको भावना जगाउँदै सिकाउने कार्य प्रिप्राइमरीमा गरिन्छ

बालबालिकालाई प्रिप्राइमरीमा पढाउदा के फाइदा हुन्छ ?

अहिलेको जेनेरेसनमा बालक आमा बुबा बाहेक अन्य समुदायमा हुर्कन पाएको हुँदैन जसका कारण उसमा सामाजिक भावनाको विकास हुन पाएको हुदैन उसले आफ्नो उमेरको बालबालिकासंग खेल्न वातावरण घरमा पाएको हुँदैन  

त्यस्तो अवस्थामा उसलाई सामाजिक परिवेसका बारेमा जानकारी दिन सक्नु अहिलेको अपरिहार्यता रहेको

प्रिप्राइमरी कक्षामा आउँदा घरमा एक्लो रहेको बालकले आफ्नो उमेरका बालबालिकासंग खेल्ने मौका पाउछ सामुहिक भावनाको उसमा विकास हुँदै जान्छ बालकलाई घरमा भन्दा स्कुलमा बालकलाई परिवर्तन गर्न सजिलो पनि हुन्छ किनकी स्कुलमा एक विद्यार्थीले गर्ने कार्य अन्य बालकले सहजै सिक्न सक्दछ

विद्यालयमा केके सुविधा छन् ?

ओन्डरल्याण्डमा बालबालकालाई हाइजिनिक स्वस्थकर खाना तथा फलफुल दिने गरेका छौं

आफु पनि स्वास्थ्य क्षेत्रमा काम गर्ने परिवारमा हुर्केको हुँदा स्वस्थकर खाना कसरी स्वस्थ रहन सकिन्छ भन्ने बारेमा ज्ञान रहेको त्यसैले हामीले बालबालिकाको स्वास्थ्यलाई विशेष ख्याल गर्ने गरेका छौं मैदाले बनेको जंङ्ग फुड स्कुलमा प्रतिबन्ध गरेका छौं

त्यसका अलावा विद्यालयमा बाल मैत्री वातावरण बालबालिकालाई सहज हुने पुर्वाधार तयार गरेका छौं त्यसले पनि बालबालिकामा हौसला थपिने गरेको

त्यसैगरी बालबालिकालाई उनीहरुको मनोविज्ञान अनुसार सिकाईमा जोड्ने गरेका छौं कसैले दृश्य सामाग्रीका माध्यमबाट बढी सिकने गर्दछन् भने कसैलाई श्रव्य सामाग्रीमा चासो हुन्छ त्यसैले हामीले बालबालिकाको मनोविज्ञान अनुसारको सिकाई माध्यमहरुको व्यवस्था गरेका छौं

बालबालिकालाई खेल्नका लागि पनि हामीले इन्डोर मैदान तयार गरेका छौं जसका कारण बालबालिकाले गर्मीमा पनि बाहिर जानु पर्र्दैन बालबालिकाको शारिरीक तन्दुरुस्तीका कारण खेल्नु अपरिहार्य हुन्छ त्यसैगरी खेलबाट पनि बालबालिकाले धेरै कुरा सिक्ने गरेको हुन्छ

अभिभावकको चाहना अनुसार हामीले यस शैक्षिक शत्रदेखि कक्षा सम्म पनि पठनपाठन गराइ रहेका छौं आगामी बर्षदेखि कक्षा सम्म पढाउने योजना रहेको

हामीले अभिभावकलाई पनि सिकाउने तरिका सिकाइ रहेका हुन्छौं कतिपय अभिभावकले बालबालिकालाई घरमा जबरजस्ती पनि सिकाउने कोशिस गर्नु हुन्छ तर बालबालिकालाई जबरजस्ती गर्नु हुदैन भन्ने कुरा पनि हामीले अभिभावकलाई सिकाई रहेका हुन्छौं कपि किताब भन्दा व्यवहारिक तरिकाले बालबालिकालाई बढी सिकाउन सकिन्छ जुन कुरा हामीले अभिभावकलाई पनि सिकाउने गरेका छौं यसकारण हाम्रा अभिभावक पनि खुशी हुनुहुनछ

विद्यालयमै हामीले बालबालिकाको स्वास्थ्य परिक्षण गराउदै आएका छौं त्यसका अलावा हाम्रो स्कुलमा अध्ययन गर्ने बालबालिकाको उपचारका लागि नवजीवन अस्पतालसंग सम्झौता गरेका छौं त्यहाँ उपचार गर्दा अभिभावले केही छुट पनि पाउनु हुन्छ