धनगढी पोष्ट मङ्गलबार, २५ बैशाख २०८१   May 7, 2024

सदस्य केन्द्रित लगानीले किसान सहकारी सफल छ : शाह

सदस्य केन्द्रित लगानीले किसान सहकारी सफल छ : शाह
डम्बर शाह कार्यकारी प्रमुख किसान बहुउदेश्यीय सहकारी संस्था लि.

किसान सहकारीको अवस्था कस्तो ?

किसान बहुउदेश्यीय सहकारी सदस्य केन्द्रित कार्यक्रममा बिश्वास गर्छ सदस्यहरुको शेयर पुजी बचत रकम सदस्यहरको आयआर्जनका निम्ति लगानी गर्छ त्यसैले सुदुरपश्चिम प्रदेशभरि सेवा बिस्तार गर्न सफल भएको पनि सदस्य केन्द्रित भएकाले किसानको  बित्तीय अवस्थाका रुपमा, बित्तीय अनुशासनमा राम्रो अवस्थामा सदस्यहरुको मागलाई सबै बेलामा सम्वोधन गर्न सकेका छौं

अहिले सहकारी बित्तीय संस्थाहरुको अवस्था जोखिममा रहेको चर्चा चल्ने गरेको यस्तो किन भैरहेको ?

सहकारीहरु शेयर सदस्यहरुको लगानीबाट बनेका हुन्छन् त्यसमा सदस्यकै बचत पनि जम्मा भएर पुजी निर्माण हुन्छ त्यो पुजी सदस्यकै आवश्यकताका आधारमा लगानी गर्नु सहकारीको दायित्व हो तर कतिपय संस्थाहरुले सदस्य भन्दा बाहिर लगानी गरेर, जमिनमा लगानी गरेका कारण समस्या देखापरिरहेको हो सहकारीको मुल्य मान्यता भन्दा बाहिर काम हुदा यस्तो समस्या आएको हो   सदस्य केन्द्रित कार्यक्रम गर्ने किसान जस्ता सहकारीहरुलाई यसले समस्या पारेको छैन

यस्तो हुनमा नियमनकारी निकायको भुमिका कस्तो ?

निमयनकारी निकायको भुमिका हुन्छ नै संघीयताको कार्यान्वयनपछि सहकारीको अधिकार संघ, प्रदेश स्थानीय गरि तिनै तहका सरकारसँग पहिलो सहकारीको नियमन गर्ने सहकारी डिभिजन अहिले छैन तिनै तहका सरकारसँग सहकारीको जनशक्ति नहुदा सहकारीको नियमन हुन सकेको छैन   सहकारीको नियमन हुन नसक्दा सहकारीहरुको लगानीको सीमा क्षेत्र उल्लंघन भैरहेको समस्या आइरहेको नियमनकारी निकायले सक्रियता देखाउन आवश्यक  

अहिले बजारमा देखिएको तरलता अभावलाई नियन्त्रण गर्न के गर्नुपर्छ ?

यसका लागि नागरिकलाई सहकारीको शेयर लग्न उत्प्रेरित गर्ने, ढुक्कसंग बचत गर्ने वातावरण बनाउने गर्नु पर्दछ त्यसैगरी संस्थाले लगानी गर्दा जोखिमको आँकलन गरेर मात्रै लगानी गर्ने, क्षमता भन्दा बढी लगानी नगर्ने, गैर उत्पादन क्षेत्रमा लगानी नलगाउनेहो भने यो समस्या समाधान हुन सक्दछ

उत्पादन क्षेत्रमा लगानी गर्दा सदस्यलाई तिर्न पनि सजिलो हुन्छ, संस्था सञ्चालनमा पनि कुनै समस्या हुदैन भने सदस्यको दैनिक जीवन यापनमा पनि असर पर्दैन

किसान सहकारीले के के सेवा दिने गरेको ?

वित्तिय सेवाका अतिरिक्त संस्थाले सदस्य एवं समुदाय लक्षित विभिन्न गैरवित्तिय सेवा प्रदान गर्दै आईरहेको सहकारी वित्तिय सेवा अन्तर्गत सदस्यहरुलाई अत्याधुनिक वित्तिय सेवा प्रदान गर्न मोबाईल बैंकिंग, एटीएम लगायत, रेमीटान्स सेवा प्रवाह गर्दै आईरहेको भने लघुवित्त तर्फ समुह मोडेलमा महिला सदस्यहरुबाट सानो अनिवार्य, ऐच्छिक क्रमिक बचतहरु लिने तथा बिना धितो एवं धितो लिई अधिकतम १५ लाख सम्म कर्जा प्रवाह गर्दै आईरहेको सहकारी वित्तिय सेवा तर्फ अधिकतम रु. करोडसम्म कर्जा प्रवाह गर्दै आईरहेको लघुवित्त तर्फ मोबाईल बैंकिंग, ट्याब्लेट बैंकिग, मिसकल बैकिंग, क्यू.आर. भुक्तानी सेवा भित्र्याउने नेपालकै अग्रणी संस्था हो तेश्रो कृषि प्रवद्र्धन तर्फ जानकी गाउपालिकाको अमरावतीमा . विगाह जग्गा भाडामा लिई एकिकृत कृषि फर्म सन्चालन गरेको त्यसैगरी उक्त फर्मबाट कृषिउपजको उत्पादन एवं वितरणका अतिरिक्त समुदायमा रहेका कृषक सदस्यहरुलाई कृषि फर्ममै व्यवहारिक कृषि तालिम दिने गर्दछ आवश्यकता अनुसार संस्थामा रहेका कृषि प्राविधिकहरुले सदस्यको खेतबारीमा गई कृषि परामर्श समेत प्रदान गर्ने गरेका छन्   संस्थाले सदस्यहरुलाई सुपथ मुल्यमा रासायनिक मल बिक्री वितरण गर्दै आएको त्यसका अतिरिक्त हालै आधुनिक उपकरणहरु सहित माटो परिक्षण प्रयोगशाला समेत सन्चालनमा ल्याएको यो प्रयोगशाला सहकारी क्षेत्रबाट सन्चालिन सुदुरपश्चिम प्रदेशको एक मात्र प्रयोगशाला हो

किसान सहकारी कुन लक्ष्यका साथ अघि बढको ?

समृद्धिसँग समुदाय सँगसँगै भन्ने हाम्रो नारा नै त्यही नारा अन्तर्गत समुदायलाई अघि बढाउँदै लैजाने लक्ष्यका साथ किसान सहकारी अघि बढेको

समुदायलाई समृद्धिसँग जोड्न कस्ता कार्यक्रम सञ्चालन गरेका छौं ?

 हामीले समुदायलाई सशक्त बनाउन पशुपालन, कृषि सम्वन्धी तालिम प्रदान गर्छौ व्यवसाय गर्नका लागि कयात यिबल दिन्छौं, बिना धितो कर्जा पनि दिन्छौं किसान सहकारीसँग आवद्ध सुदुरपश्चिका जिल्लामा काम गरिरहेका छौं करिब ६६ हजार सदस्य किसानसँग आवद्ध छन्

शेयर सदस्यले के सुविधा पाउँछन् ?

 शेयर सदस्य भनेका सहकारीका  मालिक नै हुन् सदस्यहरुले बचत राख्न, कर्जा लिन पाउँछन् संस्थाको हरेक बर्षको नाफाबाट १८ प्रतिशत लाभांश पाउँछन् अर्को कुरासदस्यको घरमा कुनै व्यक्तिको मृत्यु भएमा काजक्रिया बापत २५ हजार पाउँछन् कोभिडपछि हामी बढी मष्नष्तबष्किभ भएका छौं शेयर सदस्यहरु घरमै बसेर आफ्नो कारोवार गर्न सक्नुहुन्छ

हामीले शेयर सदस्यलाई जन्मदेखि मृत्युसम्म थुप्रै सुविधा दिने गरेका छौं यही माघदेखि हामीले जन्म देखि मृत्यु परान्त भन्ने कोष बनाएका छौं त्यसमा वटा कुरा समावेस गरिएका छन् त्यसमा जन्मदेखि अन्तिम संस्कार सम्म शेयर सदस्यका लागि सुविधाहरु समेटिएका छन् जन्मिदा, बिरामी पर्दा, ठुलो अप्रेसन लगायत समस्यामा पर्दा संस्थाले शेयर सदस्यलाई सहयोग गर्ने नीति लगेको त्यसको सम्पुर्ण विवरण संस्थाको वेभ साईटमा पनि राखेका छौं

लगानीका प्राथमिक क्षेत्र के के हुन् ?

हामीले उत्पादनमुलक क्षेत्रलाई समेटेर लगानी गर्ने गरेका छौं हामीले पुश पालन, कृषि व्यवसाय, व्यापार क्षेत्रमा सानो लगानी गर्ने गरेका छौं

त्यसैगरी हामीले लगानी गरेर उत्पादन भएका वस्तुको बजारीकरणका लागि पनि हामीले कृषकलाई सहजिकरण गर्ने गरेका छौं

हामीले देखि १० हजार मेट्रिक टन क्षमता भएको कोल्डस्टोर पनि निर्माण गरिरहेका छांै त्यो भवन बनेपछि किसानले उत्पादन गरेका कृषि उपजलाई कोल्ड स्टोरमा राखेर राम्रो मुल्य पाउने व्यवस्था पनि गर्नेछौं

किसानले अहिले सहकारी मार्ट सञ्चालन पनि गरिरहेको , किन ?

मार्ट सञ्चालन गर्नुको कारण पनि हाम्रा सदस्यको उत्पादनलाई बजारीकरण गर्नु हो हाम्रा किसान सदस्यले उत्पादन गरेका कृषि सामग्रीलाई सहकारी मार्टमा राखेर आम उभोक्तालाई पनि जैविक कृषि सामग्री शुलभ मुल्यमा उपलब्ध गराउनु हाम्रो उद्दश्य हो अहिले कैलालीको बर्दगोरिया स्थित बौनिया, लम्की सुख्खडमा सहकारी मार्ट सञ्चालन भइरहेका छन् ती मार्टमा कृषि उपज संगै दैनिक आवश्यकताका वस्तुहरुपनि राखेर उपभोक्तालाई शुलभ मुल्यमा बेचिरहेका छौं

सहकारी मार्ट सञ्चालनको मुख्य उद्देश्य भनेको किसानको उत्पादित सामग्रीको बजारी करण गर्नुनै हो