धनगढी पोष्ट मङ्गलबार, २५ बैशाख २०८१   May 7, 2024

शेयर सदस्यलाई उच्चतम प्रतिफल दिन्छौं : सेटी

शेयर सदस्यलाई उच्चतम प्रतिफल दिन्छौं : सेटी
सुनिल सेटी  कार्यकारी प्रमुख   मेगा बचत तथा ऋण सहकारी संस्था लि

मेघाको अवस्था कस्तो ?

२०७१ मा मेगा बचत तथा ऋण सहकारी संस्था स्थापना भएको हो हाल औं बर्षमा प्रवेश गरेका छं ५२ हजार शेयर पूजीबाट सुरु गरेको मेगा सहकारीमा अहिले ७० करोडको करोडको कारोवार भइरहेको अहिले मेगा बचत तथा ऋण सहकारी संस्था एकदमै राम्रो अवस्थमा सञ्चालन भइरहेको

भीमदत्त नगरपालिका सुरु गरिएको सहकारीको कारोवार अहिले तीन जिल्लालाई कार्यक्षेत्र बनाएर कारोवार गरिरहेका छौं सामान्य तरिकाले सञ्चालन गरेको सहकारीले अहिले वटा सेवा केन्द्र मार्फत सदस्यलाई सेवा दिइरहेको

छोटो अवधिमा यति सफलता कसरी प्राप्त भयो  ? यसको आधार के हो ?

संस्थाको प्रगतिको पहिलो श्रेय शेयर सदस्यको विश्वास हो हाम्रा शेयर सदस्यले हामी माथि विश्वास गरेका कारण आज हामी यो सफलतामा पुग्न सकेका हौं जस्तो मलाई लाग्दछ

अर्को कुरा सहकारी संचालनका लागि बनेको हाम्रो टीम ( सुपरिव्यक्षण समिति, सञ्चालक समिति अन्य व्यवस्थापनका लागि बनेका समिति ) अनुभवी कर्मचारीको टीमको अथक मेहनत सस्था प्रतिको इमान्दारीताका कारण पनि छोटो समयमा यो संस्थाले राम्रो प्रगति गरेको

शेयर  सदस्यले संस्थालाई विश्वास गर्ने आधार के हो ?

सहकारीलाई विश्वास गर्ने आधार भनेको हामी निश्चित क्षेत्रमा छौं संस्था शुरुवातदेखि नै नाफामा सञ्चालन भइरहेको हामीले शेयर सदस्यलाई धेरै ब्याजको प्रलोभन पनि दिएका छैनौं मध्यम स्तरको ब्याज दिने गरेका छौं जसका कारण हाम्रा प्रतिबद्धता अनुसार सदस्यलाई सेवा दिन सकिरहेका छौं

संस्थाको जगेडा कोष सहित अन्य कोषमा पनि राम्रो बचत रहेको यी कुरा हामीले बार्षिक प्रतिवेदन मार्फत शेयर सदस्यलाई पनि दिने गरेका छौं यो संगै संस्था सामाजिक कार्यमा पनि सधै अग्रसर रहदै आएको जसका कारण हामीलाई शेयर सदस्यज्युहरुले सधै माया गर्नु भएको शेयर सदस्यको अपार  विश्वासका कारणले नै संस्थाले प्रगति पनि गरेको

पछिल्लो समय सहकारी तथा बित्तीय संस्थामा जोखिम रहेको भन्ने हल्ला चलेको यसलाई कसरी हेर्नु भएको छ ?

अहिले वित्तीय कारोवार गर्ने मात्र नभई गैर वित्तीय कारोवार गर्ने संघ संस्था पनि जोखिममा रहेका छन् सुदुरपश्चिममा यहीका  भन्दा बाहिरबाट  आएर कारोवार गरिरहेका संस्थाहरु जोखिमम परेका छन् । देशभरिमा नै बचत तथा ऋणको कारोवार भन्दा पनि बहु कारोवार गर्ने संस्थाहरु जोखिममा  परेको छन् । उनीहरुले शेयर सदस्य र उत्पादनशील क्षेत्रमा नभएर गैर बैकिङ्ग  क्षेत्रमा लगानी गरेका कारण जोखिममा परेका छन् । यसमा पनि सहकारी ऐन सहकारीका मुल्यमान्यता अनुसार सञ्चालन भएका संस्थामा त्यस्तो जोखिम देखिदैन

जुन सहकारीमा सञ्चालकले मनमानी गर्ने गरेका छन्, ती संस्थामा समस्या देखिएका सहकारीको पैसा कम्पनी खोलेर लगानी गरेको, सञ्चालक समितिले घर जग्गामा लगानी गरेको, त्यस्तो गैर उत्पादन क्षेत्रमा लगानी गरेका संस्थाहरु अहिले एकदम जोखिमपूर्ण अवस्थामा रहेका छन्

हाम्रो जम्मा ऋणको ६५ प्रतिशत धितोमा लगानी भएको बाँकी ३५ प्रतिशत ऋण मात्रै व्यक्तिगत रुपमा गएको जसले हामीलाई त्यस्तो जोखिम छैन एउटै व्यत्तिलाई धेरै लगानी दिने, गैर वित्तीय क्षेत्रमा लगानी गर्ने, सञ्चालक समितिका पदाधिकारीबाट पूजीको दुरुपयोग गर्ने, शेयरकै लगानी समेत प्रयोग गरेर संस्थाको क्षमता भन्दा बढी लगानी लगाएर भवनमा लगाउने संघ संस्थाहरु अहिले धेरै जोखिममा रहेका छन् तर सहकारी ऐन नियम अनुसार सञ्चालन भएका सहकारी संस्थाहरुमा त्यस्तो जोखिम देखिदैन

मेघाका लगानीका प्राथमिक  क्षेत्र  के हन् ?

मेघाको लगानीको प्राथमिकता व्यापारिक क्षेत्र हो त्यसबाहेक उत्पादन मुलक क्षेत्रमा हामीले लगानी गर्ने गरेका छौं कृषि क्षेत्रमा पनि हामीले लगानी लगाउदै आएका छौं तर अनुत्पादक क्षेत्र, घर जग्गामा हाम्रो लगानी छैन व्यवसायिक क्षेत्रमा नै थोरै थोरै लगानी गरेका कारण हामीलाई पैसा अड्किने लगानी फस्ने जोखिम छैन

शेयर सदस्यलाई बचत तथा ऋण बाहेक अन्य के कस्ता सुविधा दिइन्छ ?

हामीले शेयर सदस्यकालाई शेयरको बोनस दिने गरेका छौं बचतको पनि ब्याज प्रदान हुने नै भयो त्यसबाहेक संस्थाले विभिन्न अतिरिक्त क्रियाकलाप गरिरहेको हुन्छ जस्तो बार्षिकोत्सव कार्यक्रम पनि विभिन्न कार्यक्रममा समेटेका हुन्छौं त्यसबाहेक अन्य सामाजिक क्षेत्रमा काम गर्दा पनि शेयर सदस्यलाई जोड्ने गरेका हुन्छौं

कोभीडको समयमा वडा मार्फत शेयर सदस्यलाई राहत प्रदान गरेका थियौं त्यसैगरी प्रत्येक स्थापना दिवसका अवसरमा जेष्ठ नागरिकलाई सम्मान गर्ने गरेका छौं सोही अवसरमा खाद्यान्न, फलफूल लत्ताकपडा पनि वितरण गर्ने गरेका छौं यसैगरी अपाङ्गता भएका अशक्तता भएका ६५ बर्ष माथिका शेयर सदस्यलाई दशैमा एक हजार मासिक तीन सय रुपैंया सहयोग गर्दै आएका छौं त्यसैगरी सुत्केरी महिलालाई पनि पोषण खर्च, शेयर सदस्यकोम मृत्यु भएमा  परिवारका सदस्यलाई क्रिया खर्च दिने गरेका छौं

 सहकारीको कर्जा असुलीमा निमयनकारी निकायले के गरिदिए सजिलो हुन्छ ?

सहकारी संस्थाले स्थानीय स्तरमा व्यक्तिगत धन जवानीका आधारमा पनि लगानी गरेको हुन्छ कहिले काँही ऋण लगेपछि ऋणि फरार हुने ऋण नतिरिदिने समस्या आउने गर्दछ त्यस्तोमा ऋणी विभिन्न प्रलोभनमा पनि फसेको देखिन्छ कतिपयले आफुसंग पैसा हुँदा हुँदै पनि नतिर्ने गरेका पनि हुन्छन् त्यस्तो अवस्थामा सहकारी विभाग, सहकारी रजिष्टारको कार्यालयय वा सहकारी नियमक संस्थाले ऋण लगेर नतिरेको अवस्थामा नियमक निकायले ती सदस्यलाई सहकारीको पत्र अनुसार सरकारी सेवा सुबिधाबाट बञ्चित गर्ने  कार्य नियमनकारी निकायले गरिदिदा सहजता हुने थियो