धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

सुदूरपश्चिमका तीन वटै प्रयोगशालामा गरि थप ७ जनामा संक्रमण पुष्टि

सुदूरपश्चिमका तीन वटै प्रयोगशालामा गरि थप ७ जनामा संक्रमण पुष्टि

धनगढी

   आज सुदूरपश्चिमका तीन वटा प्रयोगशालामा भएको परिक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

   डडेल्धुरा अस्पताल, डोटी जिल्ला अस्पताल र सेती प्रादेशिक अस्पतालका प्रयोगशालामा गरि शुक्रबार १०६४ जनामा गरिएको कोरोना परीक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

  जिल्ला अस्पताल डोटीको प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक सय ४१ जनाको परीक्षण गरिएकोमा ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । 

  अस्पतालका अनुसार डोटीको पूर्वीचौकी गाउँपालिकाका एक पुरुष, आदर्श गाउँपालिका वडा नम्वर ३ का एक महिला र अछामको मेल्लेख गाउँपालिका वडा नम्वर १ का एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।

  यस्तै डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  बिहीबार परिक्षण गरिएका ४ सय ५९ नमुना मध्य बैतडीको पाटननगरपालिकामा १ जनाबझाङको मष्टा गाउँपालिकामा १ जना  र दार्चुलाका मार्मा गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको  डडेल्धुरा अस्पतालले जनाएको छ ।

  यसैगरी धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा शुक्रबार ४ सय ६४ जनामा गरीएको कोरोना परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएका धनगढी ५ का एक जना पुरुष रहेका छन् ।