धनगढी पोष्ट मङ्गलबार, २७ साउन २०८३   August 11, 2026

नेपालमा कोरोनाबाट ज्यान गुमाउने २ सय ७१ पुगे

नेपालमा कोरोनाबाट ज्यान गुमाउने २ सय ७१ पुगे

धनगढी

   नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा चार महिला र १० जना पुरुष रहेका छन् ।

  काठमाडौँमा ८२, ६७ र २२ वर्षीया महिला, चितवनमा ३५ वर्षीया महिला, सप्तरीका ५५५५ वर्षीय दुई पुरुष, धनुषाका ६५ वर्षीय पुरुष, कास्कीका ३१ वर्षीय पुरुष, नवलपरासीका ३७ वर्षीय पुरुष, प्यूठानका ५८ वर्षीय पुरुष, रुपन्देहीका ७८ वर्षीय पुरुष, पाल्पाका ६३ वर्षीय पुरुष र सुर्खेतका ४२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको  छ ।

 यस सँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ७१ पुगेको छ ।


ट्रेन्डिङ