धनगढी पोष्ट सोमबार, १६ भदौ २०८३   August 31, 2026

नेपाल माहोर वैश्य सेवा समितिद्धारा बाढी पीडितलाई ५१ हजार सहयोग

नेपाल माहोर वैश्य सेवा समितिद्धारा बाढी पीडितलाई ५१ हजार सहयोग

धनगढी । नेपाल माहोर वैश्य सेवा समितिले भोटेकोशी बाढी पीडितहरुको लागि ५१ हजार रुप्रया सहयोग गरेको छ । समितिले  सदस्यहरुबाट संकलन गरेर सोमबार उक्त रकम प्रधानमन्त्री बिपद राहत कोषमा  जम्मा गरेको हो ।

देशमा आएको बिपदको बेला थोरै भए पनि आप्mनो सहभागिता देखाउन सदस्यहरुबाट रकम संकलन गरेर बाढी पीडितहरुको लागि रकम सहयोग गरिएको समितिका अध्यक्ष मुकेश गुप्ताले बताए ।

नेपाल माहोर वैश्य सेवा समिति विगतदुई बर्षदेखि धनगढमिा सक्रिय छ । समितिले बिभिन्न सामाजिक काममा योगदान पुरयाउँदै आएको छ ।