धनगढी पोष्ट
शुक्रबार, १९ भदौ २०७७ मा प्रकाशित
धनगढी
नेपाल भारत वल्र्ड डेभलेपमेन्ट फोरमले कैलाली जिल्लाको अध्यक्षमा निर्मला रिजाललाई नियुक्त गरेको छ ।
फोरमले कन्चनपुरको अध्यक्षमा रमेश लाल राना, डडेल्धुराको अध्यक्षमा लक्ष्मण पनेरु र सुदुरपश्चिम प्रदेश अध्यक्षमा लोकराज भट्टलाई नियुक्त गरेको छ । फोरमले प्रदेशको सल्लाहकारमा प्रदेश सभा सदस्य मालमती राना र अम्बादत्त तिवारीलाई नियुक्त गरेको छ ।
नेपाल भारतको सम्वन्ध सुमधुर गर्ने र शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गरिरहेको फोरमको केन्द्रिय कार्यालय भारतको नयाँ दिल्लीमा रहेको छ ।