धनगढी पोष्ट
शनिबार, २० भदौ २०७७ मा प्रकाशित
मोटरसाईकल चोरीमा संलग्न युवक ७ वर्षपछि पक्राउ
धनगढी
मोटरसाईल चोरीमा संलग्न भइ अदालतबाट दोसी ठहर भएसंगै फरार रहेका कैलालीका एक जना युवकलाई प्रहरीले ७ बष पछि पक्राउ परेको छ ।
कैलालीको भजनी नगरपवालिका–३ का शुभम अग्रवाललाई मोटरसाईकल चोरीमा संलग्न रहेको भन्दै जिल्ला अदालत कैलालीले २०७२ जेठ १० गते फैसला सुनाए संगै ती युवक फरार रहेका थिए ।
शनिबार ती युवकलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए । २०७२ सालमा अदालतले मोटरसाईकल चोरीमा संलग्न रहेको प्रमाणित गर्दै अग्रवाललाई एक लाख ३० हजार जरिवाना तोकेको थियो ।