धनगढी पोष्ट आइतबार, ०७ असार २०८३   June 21, 2026

बाँकेमा १७० जना कोरोना संक्रमित घर फर्किए

बाँकेमा १७० जना कोरोना संक्रमित घर फर्किए

नेपालगञ्ज

   बाँकेमा एक सय ७० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार कोरोना संक्रमित घर फर्किरहेका छन् ।

    निर्देशिकामा १४ दिन अस्पतालको आइसोलेशन वा आइसोलेसन सेन्टरमा बसेका संक्रमितलाई पुनः जाँच नगरी घर पठाउन सकिने उल्लेख भए संगै  बाँकेमा १४ दिन पुगेका संक्रमितलाई घर पठाउने काम भइरहेको छ ।

  पछिल्लो पटक डुडुवाका आठजना डिस्चार्ज भएका   छन् । डुडुवामा सुरुवाति चरणमा कोरोना भाइरसको संक्रमण देखिएकाहरु घर फर्किएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले डुडुवामा आठजना डिस्चार्ज भएसँगै बाँकेमा एक सय ७० जनाले कोरोनालाई जितेको जानकारी दिए । उनका अनुसार, अब जिल्लामा एक सय २५ जना संक्रमित उपचारमा छन् । उनीहरुको १४ दिन पुगेको छैन ।

     जिल्ला स्वास्थ्य कार्यालय, बाँकेले स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार काम गर्न आठवटै पालिकामा परिपत्र गरेको छ । अब पालिकाले आफ्नो ठाउँमा भएको आइसोलेशन अस्पताल वा आइसोलेशन सेन्टरमा बसेका व्यक्तिलाई १४ दिन पुगेपछि जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा घर पठाउन सक्ने फोकलपर्सन श्रेष्ठले बताए ।