धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

अस्पतालका आईसोलेशनमा संक्रमितको संख्या बढ्दै

अस्पतालका आईसोलेशनमा संक्रमितको संख्या बढ्दै

धनगढी

पछिल्ला केही दिन यता अस्पतालका आईसोलेशनमा भर्ना हुने कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको छ ।

  सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा रहेका अस्पतालका आईसोलेशनमा शनिवार सम्म १ सय २ जना संक्रमित उपचाररत रहेका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार सबैभन्दा बढी धनगढी स्थित सेती प्रादेशीक अस्पतालमा ३६  जना संक्रमित रहेका छन्  । पछिल्ला केही दिन यता धनगढी उपमहानगरपालिकामा स्थानीय संक्रमित बढे संगै सेती अस्पतालको आईसोलेशनमा पनि संक्रमितको संख्या बढेको हो ।

 यस्तै टीकापुर अस्पतालमा ३१ जना,महाकाली अस्पतालमा २० जना,जिल्ला अस्पताल अछाममा १० जना, डोटी अस्पतालमा २ जना, डडेल्धुरा अस्पतालमा २ जना र दार्चुला जिल्ला अस्पतालको आईसोलेशनमा १ जना कोरोना संक्रमित उपचाररत रहेको  मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिवार सम्म सुदूरपश्चिम प्रदेशमा ६ हजार १८ जना संक्रमित रहेका छन् । ति मध्य ५ हजार १ सय ९८ जना संक्रमण निको भई डिष्चार्ज भएर घर फर्केको मन्त्रालयले जनाएको छ ।