धनगढी पोष्ट आइतबार, २७ पुष २०८२   January 11, 2026

६३ जना सैनिकमा कोरोना पुष्टि

६३ जना सैनिकमा कोरोना पुष्टि

धनगढी

   कैलालीको लम्कीचुहा नगरपालिकाको गोरेङगेमा रहेको नेपाली सेनाको ब्यारेकमा  कार्यरत ६३ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

  सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा सोमवार भएको परीक्षणमा ६३ जना नेपाली सेनामा संक्रमण पुष्टि भएको हो । यस अघि लम्कीचुहा नगरपालिकामा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेमा कार्यरत चार जनामा सेनामा संक्रमण पुष्टि भएपछि दुई सय ४५ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि धनगढी पठाइएको थियो । ति मध्य ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

 केही दिन अघि डोटीको राजपुरमा रहेको नेपाली सेनाको ब्यारेकमा कार्यरत २१ जना सैनिकमा पनि एकै दिन कोरोना भाईरसको संक्रमण पुष्टि भएको थियो ।

  सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा सोमबार भएको परिक्षणमा ६३ नेपाली सेना सहित ७४ जनामा संक्रमण पुष्टि भएको हो ।