धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

दुईवटा ट्याक्टर नियन्त्रणमा

धनगढी

    कैलालीको घोडाघोडी नगरपालिका४ स्थित टेग्नुवा खोलाबाट दुई वटा ट्याक्टर नियन्त्रणमा लिइएको छ । 

  सो खोलाबाट अबैध रुपमा ढुङगा, बालुवा लगायत नदीजन्य पदार्थहरु उत्खनन् गरी ओसार पसार गरिरहेको अवस्थामा  दुई वटा ट्याक्टर नियन्त्रणमा लिइएको हो । 

 सशस्त्र प्रहरी बल पहलमानपुरबाट खटिएको प्रहरीको गस्ती टोलीले सोमबार बिहान दुई वटा ट्याक्टरहरु नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ हेडक्वाटर गणका गणपति दिपेन्द्र कुवँरले     बताए  ।

 सो खोलाबाट  अबैध रुपमा धमाधम उत्खनन् भैरहेको  सूचनाका आधारमा सशस्त्र प्रहरीले दुई ट्याक्टर नियन्त्रणमा लिएको जनाइएको  छ । प्रहरी आउने खबर प्राप्त भएपछि खोलाबाट अन्य ट्याक्टर चालकहरु ट्याक्टर लिएर भागेको स्थानीयको भनाइ  छ ।

 असारदेखि भदौ अन्तिमसम्म बर्खायाममा खोलानाला तथा नदीहरुमा ढुङ्गा, गिट्टी, बालुवा लगायत नदीजन्य पदार्थहरु उत्खनन गर्न रोक लगाइए पनि कैलालीका अन्य खोलाहरुबाट नदीजन्य पदार्थको उत्खनन् भइरहेको छ ।