धनगढी पोष्ट
मङ्गलबार, २३ भदौ २०७७ मा प्रकाशित
धनगढी
मोबाईल चोरीको आरोपमा टीकापुरका एक युवक सहित दुई वालक पक्राउ परेका छन् । टीकापुर नगरपालिका वडा नम्वर २ बस्ने बर्ष १९ बर्षिय सन्देश बिक र अन्य २ जना बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरी नायव उपरिक्षक प्रतिक विष्टका अनुसार टीकापुर नगरपालिका वडा नम्वर ४ मौरनियाका बलिराम थारुले संचालन गरेको मोबाईल ग्यालरीबाट उनीहरुले मोबाईल चोरी गरेको आरोप लागेको छ ।
उनीहरुको साथबाट बिभिन्न कम्पनीका मोबाईल ८ थान र चोरी गर्न प्रयोग हुने औजारहरु समेत बरामद गरिएको छ । चोरी शिर्षकमा मुद्धा दर्ता भएको प्रहरीले जनाएको छ ।