धनगढी पोष्ट आइतबार, २७ पुष २०८२   January 11, 2026

सरकारी छाप दस्तखत किर्ते मुद्दामा फरार दोषी ३ बर्ष पछि पक्राउ

धनगढी

  सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार एक जना दोषी ३ बर्ष पछि पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरापालिका वडा नम्वर ३ बस्ने ६३ बर्षीय ईश्वरी प्रसाद दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।

 प्रहरीका अनुसार जिल्ला मालपोत कार्यालय बर्दियामा २०६५ सालमा खरिदार पदमा कार्यरत रहँदा दाहाल सहित दुई जनाले नेपाल सरकारका नाममा रहेको बर्दिया जिल्लाका बिभिन्न स्थानका जग्गाको किर्ते कागजपत्र बनाई बिभिन्न मानिसहरुबाट आर्थिक लाभ समेत लिई नक्कली लालपुर्जा बनाएका थिए ।

  सोही मुद्धामा जिल्ला अदालत बर्दियाको २०७३ साल मंसिर ३० गतेको फैसलाले उनलाई ३ बर्ष ५ महिना कैद सजाय सुनाएको थियो  तर उनी फरार रहेका थिए । उनलाई पक्राउ गरी आवश्यक कार्वाहीका लागि कैलाली जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए ।