धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

आज सुदूरपश्चिममा थप १० जनामा संक्रमण पुष्टि

धनगढी

 आज सुदूरपश्चिम प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप १० जनामा संक्रमण पुष्टि भएको हो ।

 सेती प्रादेशीक अस्पतालले जारी गरेको बिज्ञप्ती अनुसार पछिल्लो २४ घण्टामा ७ सय ८८ जनाको परिक्षण गरिएकोमा कंचनपुरका ६ र कैलालीका ४ जनामा संक्रमण पुष्टि भएको  छ ।

 संक्रमण पुष्टि हुनेमा धनगढी ८ कैलालीका २ जना, लम्कीचुहाका २ जना रहेका छन् । यसैगरी कंचनपुरको भिमदत्त नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालको बिज्ञप्तीमा उल्लेख छ ।

 मंगलबार नै डोटी र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा भने सबैको रिपोट नेगेटिभ आएको छ ।