धनगढी पोष्ट बुधबार, ०४ भदौ २०८३   August 19, 2026

मुस्लिम नेता शेख मुनिर अहमदद्धारा पत्रकार महासंघलाई स्वास्थ्य सामाग्री सहयोग

धनगढी

   नेपाली काँग्रेस निकट मुस्लिम नेता शेख मुनिर अहमदले पत्रकारका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

  मुनिरले कोरोनाबाट बच्न पत्रकारहरूका लागि महासंघ कैलालीका कोषाध्यक्ष हिमाल जोशीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

   स्वास्थ्य सामाग्री अन्तर्गत ५० पिस सेनिटाइजर र ४ सय पिस माक्स रहेका छन् । स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै मुनिरले कोरोनाको समयमा समस्यामा परेकालाई मुस्लिम समुदायका तर्फबाट २ हप्ता भित्र फुड बैंक स्थापना गर्ने योजना रहेको बताए । फुड बैक मार्फत नहुनेले लिएर जाउँ हुनेले दिएर जाउँ अन्तर्गत अभियान सञ्चालन गरिने उनको भनाई छ ।